Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको सनसाईनकोष्टमा एक नेपाली विद्यार्थीको मृत्यु, कारण खोज्दै प्रहरी !

अष्ट्रेलियाको सनसाईनकोष्टमा एक नेपाली विद्यार्थीको मृत्यु, कारण खोज्दै प्रहरी !


ब्रिजबेन । अष्ट्रेलियाको सनसाईनकोष्टमा एक जना नेपाली विद्यार्थीको निधन भएको छ । नेपालस्थित बुटवल स्थायी घर भएका २२ वर्षीया विद्यार्थी बुधबार बिहान आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएका हुन ।

तत्कालै एम्बुलेन्स मार्फत नजिकैको अस्पताल लगिएको भएपनि अस्पतालमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको एनआरएनए क्वीन्सल्याण्डका संयोजक बिनोदभक्त आचार्यले जानकारि दिनुभयो । प्रहरीमार्फत घटनास्थलको स्थलगत मुचुल्कासहित निधनको कारण पत्ता लगाउन शवको पोष्टमार्टम प्रक्रिया सुरु गरिएको बताइएको छ । घटना बारे नेपालस्थित परिवारलाई जानकारि गराइएको र परिवारको चाहाना बमोजिम मृतकको शव नेपाल पठाइनेगरि तयारी थालिएको समेत संयोजक आचार्यले जानकारि दिनुभयो ।

मंगलबार राती १ बजे कामबाट फर्किएर कोठामा आराम गरेका थिए ती विद्यार्थीले । अघिल्लोे साता मात्रै नेपालस्थित बेनी नगरपालिका स्थायी घर भई २ महिना अघि मात्रै सिड्नी आएका एक नेपालीको निधन भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6