Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsएनआरएनएले नेपालमा १० अर्ब लगानी गर्ने (बैठकका निर्णयसहित)

एनआरएनएले नेपालमा १० अर्ब लगानी गर्ने (बैठकका निर्णयसहित)


सिड्नी
गैर आवासिय नेपाली संघले नेपालमा उत्पादनमुलक क्षेत्रमा १० अर्ब रुपैया लगानी गर्ने प्रतिवद्धता गरेको छ ।
सिड्नीमा भएको गैरआवासीय नेपाली संघको ओसेनिया क्षेत्रीय बैठकले सामूहिक कोष ‘मिच्युल फण्ड’ मार्फत लगानी गर्ने बताईएको हो ।
बैठकपछि पत्रकार सम्मेलनमा एनआरएनका उपाध्यक्ष कुमार पन्तले नेपालमा लगानी वातावरण बनिसकेको दावी गर्नुभयो । स्थायी सरकार बनेको तथा सरकारले पनि एनआरएनए मार्फत लगानी भित्र्याउन सहजिकरण गरेकाले नेपालमा सुरक्षित रुपले लगानी गर्न सकिने पन्तको भनाई थियो ।
१० अर्बको लगानी कहा र कुन क्षेत्रमा कसरी गर्ने बारे भने निश्चित खाका बनिसकेको छैन ।
एनआरएनएले सामुहिक रुपमा नेपालमा लगानी गर्न थालेको सन् २०१२ बाट हो ।
एनआरएनएको पहिलो लगानीमा बनिरहेको लम्जुङको दोर्दी खोला जलविद्युत आयोजना केही महिनापछि नै संचालनमा आउदैछ । संचालनमा आउनुपुर्व नै यो जलविद्युत आयोजनाले नाफा कमाउन थालिसकेको पत्रकार सम्मेलनमा बताईएको छ ।


पत्रकार सम्मेलनमा अध्यक्ष भवन भट्टले एनआरएनएको केन्द्रिय कार्यलयको भवन सबै सरकारी प्रकृया पुरा गरेर किनिएकाले सरकारीकरण गरिए सरकारले क्षतिपुर्ति तिर्नुपर्ने बताउनुभयो ।
ललिता निवास परिसरको सरकारी जग्गा व्यक्तिका नाममा गरिएको प्रकरणमा एनआरएनको भवन बनाइएको जग्गा समेत परेको समाचार सार्वजनिक भएको छ । सरकारले मन्त्रिपरिषद्बाट निर्णय नै गरेर राजश्व मिनाहा गरिसकेको हुनाले यो जग्गामा बदमासी भएको प्रमाणित हुन्छ भने त्यसको क्षतिपूर्ति दिनुपर्ने अध्यक्ष भट्टको भनाई छ ।

ओसेनिया क्षेत्रिय बैठकका निर्णयहरु यस्ता छन्

१ गैरआवासीय नेपालीहरुको सामूहिक लगानीलाई नेपालको समृद्धिमा सहयोग पुग्ने गरी परिचालन गर्न स्थापित हुने सामूहिक लगानी कोष, जलविद्युत, लगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता यो बैठक गर्दछ ।

२ नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपाली संघले अघि सारेको ‘नेपाल प्रवर्द्धन वर्ष २०१९’ अभियानलाई विभिन्न प्रवर्द्धनातमक कार्यक्रम सञ्चालन गरी भ्रमण वर्ष २०२० लाई सफल बनाउने निर्णय गरियो ।

३ महिला सशक्तिकरण अभियानको थालनी र महिला उद्यमशीलतालाई प्रोत्साहन दिन कार्ययोजना अगाडि बढाउने निर्णय गरियो । स्वदेश तथा विदेशमा हुने घरेलु हिंसाविरुद्ध जनचेतना अभियान सञ्चालन गर्दै गैरआवासीय नेपाली अभियानको मूलधारमा महिला सहभागिताको सुनिश्चितता गराउने निर्णय गरियो ।

४ गैरआवासीय नेपाली संघले Knowledge City Academy काे प्रस्तावलाई आत्मसात् गरी कार्यान्यन गर्न प्रमुख भूमिका खेल्ने र विदेशमा रहेका नेपाली ज्ञाताहरुको सीप, ज्ञान र प्रविधिलाई नेपालको विकासमा लगानी गर्ने वातावारण बनाउने निर्णय गरियो ।


५ नेपाल र अस्ट्रेलिया बीचमा आपसी सहयोग सद्भावलाई कायम गर्न AussieMed Foundation Australia Nepal Science Foundation, NRNA बीचमा सहकार्य गर्ने निर्णय गर्दै आपसी सम्झौतामा हस्ताक्षर सम्पन्न भयो ।

६ ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मूलधारमा समाहित गर्न उनीहरुका निम्ति उपयोगी र आकर्षण गर्न सकिने कार्यक्रमहरु तय हुनुपर्ने महसुश गरी आगामी दिनमा यसतर्फ विशेष ध्यान दिनुका साथै यस क्षेत्रका गैरअवासीय नेपाली बालबालिकालाई नेपालीभाषा, संस्कार, संस्कृति सिकाउने कार्यक्रमहरु तय गर्ने निर्णय गरियो ।

७ आवश्यक कानुन निर्माण गरी तत्काल गैरआवासीय नेपाली नागरिकता वितरण गर्न र नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सम्पूर्ण व्यवस्था ऐनमै गर्न यो बैठक सम्बधित निकायलाई अनुरोध गर्दछ ।

८ अस्ट्रेलिया सरकार तथा राजनीतिक दलहरुको नेपाली समाजसँग सहयोग र सहकार्य गर्ने प्रतिबद्ताको यो बैठक स्वागत गर्दछ ।

९ यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, अस्ट्रेलिया सरकार, अस्ट्रेलियास्थित नेपाली दूतावास, सम्पूर्ण एनसीसीहरु, आयोजक राष्ट्र अस्ट्रेलिया र प्रायोजकहरु स्वयंसेवी, पत्रकार, कलाकार सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6