Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका नेपाली पत्रकारले पाए नयाँ टिम, अध्यक्षमा चिरञ्जिवी र सचिवमा सरल !

अष्ट्रेलियाका नेपाली पत्रकारले पाए नयाँ टिम, अध्यक्षमा चिरञ्जिवी र सचिवमा सरल !


होबार्ट । अष्ट्रेलियामा क्रियाशिल नेपाली पत्रकारहरुको साझा मञ्च अस्ट्रेलियन नेप्लिज जोर्नालिष्ट एसोसिएसन (एन्जा) ले चिरञ्जिवीराज देपवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति पाएको छ । होबार्टमा सम्पन्न एन्जाको दोश्रो अधिवेशनले देवकोटाको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै आज सकिएको हो।

यस्तै, अधिवेशनबाट उपाध्यक्षमा कृष्ण तिवारी, प्रकाश हुमागाईं, छत्र शंकर, महासचिवमा नारायण खड्का, पब्लिक अफिसरमा गणेश भट्ट सचिवमा सरल गुरुङ, प्रवक्तामा तकदिर अधिकारी, कोषाध्यक्षमा खगेन्द्र सत्याल, सदस्यमा प्रतीक सिग्देल, र चयन भएका छन्। सदस्यको दुई पद भने पछि मनोनित गर्नेगरि रिक्त राखिएको छ। हरेक दुई वर्षमा हुने एन्जाको दोश्रो अधिवेशनमा प्रमुख अतिथिका रुपमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, मुख्य अथितिका रुपमा न्याय उपभोक्ता अधिकार तथा कार्यस्थल सुरक्षा मन्त्री एलिस आचरको सहभागिता रहेको थियो ।

यस्तै अतिथिका रुपमा तस्मानियाको उपल्लो सदनका सदस्य जोश वीली, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एवीसी रेडियो होवर्टका व्यवस्थापक समान्था स्थानरको सहभागिता थियो । एनआरएनएका विभिन्न राज्य संयोजक तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको अधिवेशनमा एन्जाका संस्थापक अध्यक्ष हेमन्त काफ्ले समेत अथितिका रुपमा सहभागि भएर नवनिर्वाचित कार्यसमितिको कार्य सफलताको कामना गर्नुभएको थियो । निवर्तमान अध्यक्ष ऋषी आचार्यले जिम्मेवारी हस्तान्तरण गरेसँगै नवनिर्वाचित अध्यक्ष देवकोटाले मायाको चिनोसहित सम्मान प्रकट गर्नुभएको थियो ।

अष्ट्रेलियामा हुर्कदै गरेको नेपाली पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउन संस्थागत प्रयास सुरु भएको र यसलाई थप शसक्त बनाइने नवनिर्वाचित अध्यक्ष देवकोटाले बताउनुभयो । अस्ट्रेलियामा सक्रिय पत्रकारिता गरिरहेका नेपालीहरुले २०१९, नोभेम्बर ४ मा एन्जा को गठन गरेका थिए । एन्जाले अष्ट्रेलियामा कार्यरत पत्रकारहरुका लागि आचारसंहिता लागू गर्ने, नियमन गर्ने, गुनासा सुन्ने र पत्रकारलाई तालिमको व्यवस्था गर्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6