Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतान्जानियाको यात्रुवाहक विमान भिक्टोरिया तालमा दुर्घटना, १९ जना यात्रुको मृत्यु !

तान्जानियाको यात्रुवाहक विमान भिक्टोरिया तालमा दुर्घटना, १९ जना यात्रुको मृत्यु !


एजेन्सी,ब्रिजबेन । तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परेर १९ जनाको मृत्यु भएको छ भने २६ जनालाई दुर्घटनापछि अस्पताल लगिएको छ।

प्रेसिजन एयरको दुर्घटनाग्रस्त विमानमा ४३ जना यात्रु सवार थिए । घटनाको केही बेरमै उद्धारकर्मी र स्थानीय माझीहरूले विमानमा फसेका यात्रुहरुको उद्धार गरेका थिए। विमानस्थलमा विमानको पर्खाइमा रहेका अब्दुल नूरीले विमान पानीमा खसेको देखेको बताउनुभयो। हामी छक्क पर्‍यौँ, नूरीले बीबीसीलाई भन्नुभयो, ‘मानिसहरू डराएर कोही रुन थाले। आगमन गेटमा मानिसहरू पनि चिच्याउन थाले किनभने त्यहाँ धेरैजसो मानिसहरू उभिरहेका थिए, जो आफ्ना प्रियजनहरूलाई पर्खिरहेका थिए।’

घटनास्थलमा पहिलो पटक पुगेका माझीहरूले विमानको पछाडिको ढोका खोलेका कारण केही व्यक्तिलाई विमानबाट बाहिर निकाल्न सफल भएको बताएका छन् । यो दुर्घटनाको खराब मौसमका कारण भएको बताइएको । विमान दुर्घटनामा भएको ताल बुकोबा एयरपोर्टको धेरै नजिक छ । यो अफ्रिकाको सबैभन्दा ठूलो ताल हो। राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6