Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaजहाजको ककपिटमा अनाधिकृत व्यक्ति छिराएर अन्तवार्ता दिने क्याप्टेन लामालाई उडानमा रोक !

जहाजको ककपिटमा अनाधिकृत व्यक्ति छिराएर अन्तवार्ता दिने क्याप्टेन लामालाई उडानमा रोक !


काठमाडौं । जहाज उडाउँदै गर्दा अनधिकृत व्यक्तिलाई ककपिटमा छिर्ने अनुमतिसहित भिडिओ अन्तर्वार्ता दिएका कारण पाइलट विजय लामा कारबाहीमा पर्नुभएको छ । क्याप्टेन लामालाई कारबाही स्वरुप तत्कालका लागि उडानमा रोक लगाइएको हो ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यसबारे अध्ययन भइरहेको जानकारि दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई पनि यसबारे खबर आएको छ । छानबिन गरिरहेका छौं । वास्तविकता बुझ्दैछौं, अनुसन्धान भइञ्जेल लामालाई उडानमा रोक लगाइएको मात्रै हो । अनुसन्धानबाट आउने रिपोर्टका आधारमा बाँकी कारबाही अघि बढ्छ ।’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिमा मात्र के कति कारणले फोटो वा भिडिओ लिन लागिएको कारण स्पष्ट पारेर मात्र पाइलटले फोटोग्राफी वा भिडियोग्राफी गर्न वा गराउन सक्ने कानुनी व्यवस्था छ । एभिएसन भ्लगर साम चुईले दुबई काठमाडौं रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएको सार्वजनिक भएपछि लामा बिवादमा तानिएका थियो भने अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।

नेपाल वायुसेवा निगम मातहतको सुरक्षा विभागले प्राधिकरणलाई भिडियो अन्तरवार्ताबारे जानकारी गराएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण श्रोतले नेपाली उडान क्षेत्रमा यस्तो अन्तवार्ता भएको पहिलो भएको जनाएको छ । हवाई क्षेत्रमा उडानका क्रममा गरिने भिडियोग्राफी र फोटोग्राफिलाई संवेदनशील र जोखिमयुक्त मानिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6