Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअप्टस र मेडिबैंकको साइबर हमलामा नेपाली पासपोर्ट परेमा के गर्ने ? दूतावास के भन्छ त ?

अप्टस र मेडिबैंकको साइबर हमलामा नेपाली पासपोर्ट परेमा के गर्ने ? दूतावास के भन्छ त ?


ब्रिजवेन/दुइ महिना यता अष्ट्रेलियाका दुइ ठुला कम्पनीमाथी साइबर हमला भयो । मोवाइल सेवा प्रदायक कम्पनी अप्टस र बिमा कम्पनी मेडिबैंकका उपभोक्ताका तथ्यांकहरु अपराधीको पहुचमा पुगेपछि लाखौ मानिस प्रभावित भए । गत सेप्टेम्बरमा अप्टसका नयाँ र पुराना गरी ९८ लाख उपभोक्ताका व्यक्तिगत विवरण ह्याकरको पहुचमा पुग्यो । जसमा उपभोक्ताका नाम, जन्म मिति, फोन नम्बर, इमेल ठेगाना र ड्राइभिङ लाइसेन्स वा पासपोर्ट नम्बरहरु थिए ।

त्यस्तै मेडिबैंकका ९७ लाख उपभोक्ताको विवरण पनि गत महिना ह्याकरको पहुचमा पुग्यो । जसमा १८ लाख त अन्तराष्ट्रिय उपभोक्ता थिए । मेडिकेयर नम्बर, पासपोर्ट नम्बर, स्वास्थ्य बिमा आवेदन विवरण र अन्तराष्ट्रिय विद्यार्थीको भिषा र पासपोर्ट विवरणहरु अपराधीको पहुचमा पुगेको हो । पासपोर्टको म्याद गुज्रिने मिति भने सार्वजनिक नभएको मेडिबैंकले जनाएको छ ।

नेपाली पासपोर्ट परेमा के गर्ने ?

हामीलाई पाठक र दर्शकहरुले नेपाली पासपोर्टको विवरण पनि साइबर हमलामा परेको जानकारी सहित अब के गर्नुपर्छ भनेर प्रश्न सोधेका छन् । ड्राभिङ लाइसेन्स र मेडिकेयर नम्बरहरु विभिन्न राज्यले नयाँ नम्बर राखेर बनाइदिने घोषणा गरेका छन् । केही राज्यले त निशुल्क समेत गरेको छ । पैसा तिर्नुपर्ने राज्यहरुमा उपभोक्ताले तिरेको पैसा अप्टस र मेडिबैंकले पछि भुक्तानी गर्ने जनाएको छ ।

अष्ट्रेलियन पासपोर्टको हकमा भने म्याद गुज्रिने मिति ह्याकरको पहुचमा नपुगेका कारणले तत्कालै नयाँ लिनु नपर्ने विदेश मामिला तथा वित्तिय विभागले जनाएको अप्टसको विज्ञप्तीमा उल्लेख छ । यदि अष्ट्रेलियन पासपोर्ट नयाँ लिनु परेमा अवस्था हेरेर खर्च व्यहोर्ने अप्टसले जनाएको छ । विदेशी पासपोर्टको हकमा भने के गर्ने भनेर अप्टसले गृह मामिला विभागसंग छलफल गरिरहेको विज्ञप्तीमा जनाएको छ । विदेशी पासपोर्ट विवरण ह््याक भएका उपभोक्तालाई अप्टसले सम्पर्क गरिरहेको छ । तत्काललाई उक्त पासपोर्टले विदेश यात्रा गर्न सकिने समेत विज्ञप्तीमा भनिएको छ ।

मेडिबैंकका हकमा भने खासगरी २० हजार विदेशी विद्यार्थीका पासपोर्ट विवरण र बिमा सम्बन्धी विवरण ह्याकरको हातमा पुगेको हो । मेडिबैंकले त्यस्तै कागजपत्र नयाँ बनाउन परेमा व्यक्तिगत अवस्था हेरेर लागेको खर्च व्यहोरिदिने जनाएको छ । विदेशी पासपोर्टको हकमा के गर्ने भन्ने बारे मेडिबैंकले हालसम्म केही खुलाएको छैन ।

नयाँ पासपोर्ट दिन परे तयारी गछौं राजदूत

नेपाली पासपोर्ट पनि साइबर हमलामा परेर नयाँ लिनु परे के गर्ने भन्ने प्रश्नमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले वस्तुस्थिती हेरेर नयाँ जारी गर्न परे पनि तयारी गर्ने बताउनुभएको छ । नेपालट्युबसंग कुरा गर्दै राजदूत पोखरेलले दुइ ठुला कम्पनीमा नेपाली पासपोर्टको विवरण समेत परेको हुन सक्ने बारे दूतावास जानकार रहेको भन्दै यस बारे अष्ट्रेलियाका सरकारी निकायसंग कुटनीतिक रुपमै सम्पर्क गरेर अबको कदम तय गरिने बताउनुभयो ।

सार्वजनिक विवरण अनुसार तत्काललाई पासपोर्ट नै फेर्न पर्ने नदेखिएको तर, पछि फेर्नै पर्ने अवस्था आएमा परराष्ट्र मन्त्रालयसंग सम्पर्क गरि प्रकृया अघि बढाइने राजदूतको भनाई छ । पासपोर्ट फेर्नै परेपनि सम्बन्धित कम्पनीहरुले नै पैसा भुक्तानी गरिदिने भएकाले नयाँ बनाउन परेपनि दुतावासले प्रकृया सहज गरिदिए पुग्ने देखिन्छ ।


ट्याग : #Medibank data hack, #nepal embassy, #nepali passport, #Optus data breached
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6