Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालमा बढ्यो पर्यटकको चहलपहल, एक महिनामा ८८ हजार आउँदा अष्ट्रेलियाका मात्रै ४ हजार !

नेपालमा बढ्यो पर्यटकको चहलपहल, एक महिनामा ८८ हजार आउँदा अष्ट्रेलियाका मात्रै ४ हजार !


काठमाडौं । कोरोना महामारिले थलिएको नेपाली पर्यटन क्षेत्र पछिल्लो समय चलायमान हुन थालेको छ । नेपाल पर्यटन बोर्डको पछिल्लो रेकर्ड अनुसार एक महिनामा नै ८८ हजारभन्दा धेरै पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् । भारत र चीनियाँ नाका हुँदै पैदलमार्गबाट आउने पर्यटकको संख्या समेत हवाई मार्गबाट आउने भन्दा धेरै छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले अक्टोबर महिनामा मात्रै ८८ हजार पाँच सय ८२ जना पर्यटक नेपाल आएको जानकारी दिनुभयो । मासिक विवरणअनुसार अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । पर्यटन बोर्डको रेकर्ड अनुसार सन् २०२२ को पहिलो १० महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या चार लाख ७३ हजार पाँच सय ६३ जना पुगेको छ । अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । भारतबाट १६ हजार नौ सय १० र अमेरिकाबाट ११ हजार आठ सय ५९ जना पर्यटक नेपाल आएका छन् । सन् २०२२ को सुरुवातदेखि नै पर्यटक आगमन निरन्तर बढिरहेको छ । जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार ६ सय आठ, जुनमा ४६ हजार नौ सय ५७, जुलाईमा ४४ हजार चार सय ६२, अगस्टमा ४१ हजार तीन सय चार, सेप्टेम्बरमा ५८ हजार तीन सय १४ र अक्टोबरमा ८८ हजार पाँच सय ८२ पर्यटक भित्रिएको बोर्डले जनाएको छ ।

अक्टोबरमा कहाँबाट कति पर्यटक भित्रिए ?
अक्टोबरमा बंगलादेशबाट दुई हजार सात सय २०, चीनबाट नौ सय ४६, मलेसियाबाट १५ सय ९०, साउथ कोरियाबाट १३ सय ७१, थाइल्यान्डबाट १२ सय ९६, फ्रान्सबाट चार हजार नौ सय २९, जर्मनीबाट चार हजार नौ सय ३५, इटालीबाट १४ सय ७१, नेदरल्यान्ड्सबाट एक हजार आठ सय ४२, स्पेन दुई हजार ९६, अस्ट्रेलियाबाट तीन हजार नौ सय ४६, क्यानडाबाट एक हजार ६ सय ८२, युएसएबाट ११ हजार आठ सय ५९, इजरायलबाट १४ सय ७२ जना पर्यटक नेपाल आएका छन् । सार्क राष्ट्रबाट २१ हजार दुई सय ४१ (२४ प्रतिशत), अन्य एसियाली देशबाट ६ हजार आठ सय ८१ (७.८ प्रतिशत), युरोपबाट ३० हजार चार सय ९० (३४.४ प्रतिशत), ओसेनियाबाट चाह हजार तीन सय दुई (३.५ प्रतिशत), अमेरिका र क्यानडाबाट १३ हजार पाँच सय ४१ (१५.३ प्रतिशत) र मध्यपूर्वबाट १० हजार एक सय ४१ (११.४ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।

अष्ट्रेलियामा हुने नेपाल फेस्टिभल लगायतका नेपाल चिनाउने विभिन्न कार्यक्रमले पर्यटन भिसामा घुम्न आउनेहरुलाई लोभ्याएको छ । नेपालको कला संस्कृति, भाषा, भेषभुषा, खानपानसँगै पर्यटकिय क्षेत्रको प्रचारप्रसारमा नेपाली समूदायले ठूलो योगदान दिएको अष्ट्रेलियाली पर्यटको बढ्दो संख्याले नै देखाएको छ ।

कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय अटम सिजनमा केही चलायमान देखिएको छ । नेपाल आएका विदेशी पर्यटकमध्ये धेरैजसो हिमाली क्षेत्रको पदयात्रा र पर्वतारोहणका लागि आएको पाइएको छ । पर्यटन व्यवसायी कर्मा शेर्पाले पर्वतीय पर्यटकको सङ्ख्या कोरोना सुरु हुनुअघिको अवस्थामा पुग्न थालेको बताउनुभएको छ । ७७ देशका १३ सय ६० आरोही शरद् ऋतुमा हिमाल चढ्ने उद्देश्यले नेपालमा आएका छन् ।

शरद् ऋतुमा हिमाल चढ्न कुन देशबाट कति पर्यटक आए ?
अमेरिकबाट एक सय ३२, युकेबाट एक सय १४, स्विट्जरल्यान्डबाट ५०, स्पेनबाट ८४, साउथ अफ्रिकाबाट ३०, स्लोभेनियाबाट १९, रसियन फेडेरेसनबाट ६१, पोल्यान्डबाट ५०, नर्वेबाट २२, नेदरल्यान्डबाट २०, नेपालबाट २३, जापानबाट २८, इटालीबाट ४३, इस्लामिक पब्लिक अफ इरानबाट ३१, इन्डियाबाट ४८, जर्मनीबाट ८५, फ्रान्सबाट एक सय १९, चीनबाट २२, क्यानडाबाट २७, अस्ट्रियाबाट २७, अस्ट्रेलियाबाट ४०, अर्जेन्टिनाबाट २१ आरोही आएको विभागको रेकर्डमा छ । अनुमति पाएका अधिकांश आरोही नेपाल आइसकेका छन् भने कतिपय आउने क्रममा पनि छन् । धेरैले हिमाल आरोहण पनि गरिसकेको पर्यटन विभागले जानकारि दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6