Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्वीन्सल्याण्डको एक क्याफे र पूर्व सञ्चालकमाथी २९ हजार जरिवाना, कारण यस्तो !

क्वीन्सल्याण्डको एक क्याफे र पूर्व सञ्चालकमाथी २९ हजार जरिवाना, कारण यस्तो !


ब्रिजबेन । उत्तरी क्वीन्सल्याण्डको एक क्याफे र पूर्व सञ्चालकले श्रम ऐन उल्लंघनको कसुरमा २९ हजार २०० डलर जरिवाना तिरेका छन् । फेयरवर्क अम्बुडस्म्यानले संघीय अदालतमा चलाएको मुद्धाका आधारमा क्याफे सञ्चालक र क्याफेमाथी यति ठूलो जरिवाना तिराइएको हो ।

क्याफेमा खाना र पेय परिचरको रूपमा कार्यरत दुई जना कामदारहरूलाई कानुन अनुसार तलब, सेवा, सुविधा नदिएको भन्दै क्याफे सञ्चालक कम्पनीमाथी २६ हजार र पूर्व कम्पनी निर्देशकमाथी ३ हजार २०० जरिवाना तिराइएको हो । २०२० मा कामदारको पारिश्रमिक हिनामिना गर्ने क्याफेले अहिले भने व्यापार बन्द गरेको छ । फेयरवर्क अम्बुडस्म्यान सान्ड्रा पार्करले कामदारहरूलाई श्रम ऐन अनुसारको तलब सेवा सुविधा नदिने जो कोहीले पनि अदालती दण्डको सामना गर्नुपर्ने भन्दै सचेत गराउनुभयो ।

पार्करले भन्नुभयो “युवा कामदारहरूको रोजगार सुरक्षा गर्न र फास्ट फूड, रेस्टुरेन्ट र क्याफे क्षेत्रहरूमा हुने श्रम ऐन उल्लंघनविरुद्ध फेयरवर्क अम्बुडस्म्यानको निगरानी रहन्छ, श्रमिकका साथै रोजगारदाताहरू पनि सचेत हुन आवश्यक छ ।” कानुन अनुसार आफूले तलब वा अन्य सेवा, सुविधा नपाएको महसुश भएमा निःशुल्क सल्लाह र सहायताका लागि फेयरवर्क अम्बुडस्म्यानले सबैलाई आह्वान गरेको छ ।

कानुनी सहायताका लागि यहाँ सम्पर्क गर्नुहोस् :

Employers and employees can visit www.fairwork.gov.au or call the Fair Work Infoline on 13 13 94 for free advice and assistance about their rights and obligations in the workplace. An interpreter service is available on 13 14 50.



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6