Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोप–२७ सम्मेलनमा नेपाली झण्डाको अनादर, मन्त्रीसहितको प्रतिनिधी मण्डल रमिते !

कोप–२७ सम्मेलनमा नेपाली झण्डाको अनादर, मन्त्रीसहितको प्रतिनिधी मण्डल रमिते !


काठमाडौं । नोभेम्बर ६ देखि सुरु भएर १८ तारिखसम्म जारी रहने कोप–२७ सम्मेलनमा नेपालको राष्ट्रिय झण्डाको अनादर भएको पाइएको छ । इजिप्टको शार्म एल–शेखमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७ ) मा नेपाली राष्ट्रिय झण्डाको तल्लो क्षेत्रमा उल्टो चन्द्र राखेर अनादर गरेको पाइएको हो ।

यो सम्मेलनमा जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको एजेण्डालाई औपचारिकरुपमा प्रवेश गराउन भुमिका खेलेको नेपाली प्रतिनिधि मण्डलले झण्डामा भएको कमजोरीमा ध्यान नदिएको भन्दै सर्वत्र आलोचना भैरहेको छ । सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीसँगै मन्त्रालयका सचिव डा पेमनारायण कँडेल, वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव डा बुद्धिसागर पौडेल लगायतका सरकारी अधिकारीहरु सहभागी छन् ।

सम्मेलनमा जलवायु परिवर्तनको असरले वर्षाको ढाँचालाई परिवर्तन गरेको, पहिरो, बाढी र डुबानका चरम घटना बढेका, गत वर्ष बेमौसमी वर्षा र भारी बाढीले ठूला खानेपानी पूर्वाधार नष्ट गरेको र लाखौँ डलरको कृषि बालीमा क्षति पुर्याएको विषयमा ध्यानाकर्षण गराइएको भएपनि नेपाली प्रतिनिधि मण्डलले स्वरुप बिगारिएको झण्डा राखिएकै क्षेत्रमा फोटो सेसन गर्दा समेत ध्यान नदिएको भन्दै चर्को आलोचना भैरहेको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी मन्त्री रेग्मी वन सचिव, सहसचिव र सरकारी प्रतिनिधिले के हेरेर बसिरहेका छन् ?  कि विदेशीहरुको सामू झण्डामा भएको अनादर बारे बोल्न आवश्यक ठानेनन ? चासोका साथ सामाजिक सञ्जालमा प्रश्न उठाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6