Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्याफे र रेस्टुरेन्टमा कामदार ठगीदै , ब्रिजबेनको रेस्टुरेन्टलाई तिराइयो २८ हजार जरिवाना !

क्याफे र रेस्टुरेन्टमा कामदार ठगीदै , ब्रिजबेनको रेस्टुरेन्टलाई तिराइयो २८ हजार जरिवाना !


ब्रिस्बेनस्थित एक रेस्टुरेन्टका पूर्व अपरेटर विरुद्ध अदालतले २८ हजार डलर जरिवाना तिराएको छ । फेयरवर्क अम्बुडस्म्यानले संघीय अदालतमा चलाएको मुद्धाका आधारमा अहिले रेस्टुरेन्ट व्यवसायबाट हात झिकेको कम्पनीमाथी २८ हजार जरिवाना गराइएको हो ।

सन २०२० नोभेम्बरदेखी सन २०२१ अगस्तको बीचमा वेटरका रुपमा कार्यरत कर्मचारीलाई कानुन अनुसारको तलब, सेवा सुविधा नदिएको गुनासोका आधारमा फेयरवर्क इन्सपेक्टरहरुले रेस्टुरेन्टमाथी अनुसन्धान अघि बढाएका थिए । कानुन उल्लंघन गरेको एकिन भएसँगै अदालतले कम्पनीलाई जरिवाना र सचेत गराएको मात्रै छैन कामदारको सेनानिवृत्ति र ब्याजको समेत गणना गरेर बाँकी भुक्तानी गर्न आदेश दिएको छ ।

फेयरवर्क अम्बुडस्म्यानले सान्ड्रा पार्करले रेस्टुरेन्ट, क्याफे लगायतका व्यवसायहरुमाथी निगरानी गरिरहेको दाबी गर्दै श्रम ऐन अनुसार पारिश्रमिक र सेवा सुविधा नपाएका कामदारहरूले कानुनी अधिकारका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । व्यवसायीहरुलाई कानुन कार्यान्वयनमा सचेत हुन र कर्मचारीहरुलाई आफ्नो कानुनी अधिकार खोज्न समेत पार्करले आग्रह गर्नुभएको छ ।

कानुनी सहायताका लागि यहाँ सम्पर्क गर्नुहोस् :

Employers and employees can visit www.fairwork.gov.au or call the Fair Work Infoline on 13 13 94 for free advice and assistance about their rights and obligations in the workplace. An interpreter service is available on 13 14 50.



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6