Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा अब पासपोर्टको बुकिङ हरेक दिन खुल्ला, यस्तो छ व्यवस्था

अष्ट्रेलियामा अब पासपोर्टको बुकिङ हरेक दिन खुल्ला, यस्तो छ व्यवस्था


ब्रिजवेन/अष्ट्रेलियामा पासपोर्ट सम्बन्धी कामका लागि हरेक दिन अनलाईन बुकिङ खुल्ला भएको छ । यसअघि महिनाको १५ तारिखमा मात्रै एक चोटी बुकिङ खुल्ला गर्दा सर्भर डाउन भएर उपभोक्ताले समस्या भोग्दै आएका थिए । यो खबरलाई नेपालट्युबले प्राथमिकताका साथ प्रशारण गरेको थियो ।

सेवाग्राहीको गुनासो बढ्न थालेपछि १५ दिनको साटो हरेक दिन खुल्ला गरिएको राजदूत कैलाशराज पोखरेलले जानकारी दिनुभयो । अब हरेक दिन सिड्नी समय अनुसार बेलुका ५ बजे अनलाईन बुकिङ खुल्ला हुनेछ । हरेक दिन ५० देखि ६० जनाको लागि बुकिङ खुल्ला हुने राजदूत पोखरेलले जानकारी दिनुभयो ।

अनलाईनबाट बुकिङ गरेपछि आफ्नो समयमा सेवाग्राही वायोमेट्रिकका लागि क्यानबेरास्थित दुतावास नै जानुपर्ने बाध्यता छ । इ पासपोर्टका लागि फेरी वायोमेट्रिक गर्नुपर्ने तथा राज्यहरुको महावाणिज्यदूतावासमा उपकरण नभएकाले यस्तो अवस्था आएको हो ।
दुतावासले टाढाटाढाका राज्यहरु तास्मानिया, कुइन्सल्याण्ड र वष्टर्न अष्ट्रेलियामा पासपोर्टको घुम्ती सेवा संचालन गरेको छ । थप विवरण दुतावासको फेसबुक पेजमा हेर्नुहोला ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6