Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको उत्तरी क्षेत्रमा यो वर्षमात्रै दुई वटा हेलिकप्टर दुर्घटना, दुई जनाले गुमाए ज्यान !

अष्ट्रेलियाको उत्तरी क्षेत्रमा यो वर्षमात्रै दुई वटा हेलिकप्टर दुर्घटना, दुई जनाले गुमाए ज्यान !


ब्रिजबेन । अष्ट्रेलियाको उत्तरी क्षेत्रस्थित दुर्गम पूर्वी अर्न्हेम ल्याण्डमा हेलिकप्टर दुर्घटना हुँदा चालकले ज्यान गुमाउनुभएको छ । हेलिकप्टर मंगलबार दिउँसो दुर्घटनाग्रस्त भएको भएपनि आज एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाली यातायात सुरक्षा ब्यूरो (एटीएसबी) का प्रमुख आयुक्त एङ्गस मिचेलले दुई सिटको रोबिन्सन आर२२ हेलिकप्टर भूभागमा चालकको ज्यान गएको जानकारी गराउनुभएको हो ।

उक्त दुर्घटनामा ४७ वर्षीय पाइलटको घटनास्थलमै मृत्यु भएको छ भने एक यात्रु घाइते रहेको स्थानीय प्रहरीले जानकारि दिएको छ । दुर्घटनाबाट हेलिकप्टर नष्ट भएको जानकारि दिदै मिचेलले पर्थ र क्यानबेराबाट साइटमा यातायात सुरक्षा अन्वेषकहरू, एनटी पुलिस खटाएर अनुसन्धान थालिएको बताउनुभयो । एटीएसबी अन्वेषकहरूले दुर्घटना स्थलको सर्वेक्षण र नक्सा गर्नेछन् र ब्त्क्द्य को प्राविधिक सुविधाहरू टिन क्यानबेरामा थप परीक्षण र विश्लेषणको लागि कुनै पनि सान्दर्भिक अवयवहरू सङ्कलन गर्नेछन्,“ मिचेलले बताउनुभयो ।

अहिलेको दुर्घटना अर्न्हेम ल्याण्डमा यो वर्ष भएको दोस्रो घातक हेलिकप्टर दुर्घटना भएको बताइएको छ । गत फेब्रुअरीमा, प्रख्यात आउटब्याक रङ्लर कास्ट सदस्य क्रिस ’विलो’ विल्सनले गोहीको अण्डा सङ्कलन गर्ने क्रममा यहि क्षेत्रमा ज्यान गुमाउनुभएको थियो । हेलिकप्टरका पाइलट गम्भीर घाइते हुनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6