Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआजबाट विश्वकप फुटबल सुरु हुँदै, उद्घाटन खेलमा कतार र इक्वेडर भिड्ने !

आजबाट विश्वकप फुटबल सुरु हुँदै, उद्घाटन खेलमा कतार र इक्वेडर भिड्ने !


काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल आजबाट कतारमा सुरु हुँदैछ । विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप सुरु हुन लागेको हो ।

६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति पौने दश बजे सुरु हुनेछ । कतार र इक्वेडरबीचको उद्घाटन खेलअघि औपचारिक उद्घाटन समारोह हुनेछ ।

विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछन । आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6