Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकतार विश्वकप अपडेट : यी हुन क्वाटरफाइनलमा भिड्ने ८ टिम !

कतार विश्वकप अपडेट : यी हुन क्वाटरफाइनलमा भिड्ने ८ टिम !


काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् ।

अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, तेस्रो क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड तथा अन्तिम क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।

मंगलबार राति मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्डबीचको अन्तिम प्रि–क्वाटरफाइनल खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । मंगलबार रातीको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो । यस्तै, बुधबार बिहान सम्पन्न खेलमा स्विट्जरल्यान्डलाई ६–१ गोल अन्तरले हराउँदै पोर्चुगलले अन्तिम आठमा स्थान बनाएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6