Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजबेनको सवारी साधन मर्मतसम्भार व्यवसायमाथी ३० हजार डलर जरिवाना !

ब्रिजबेनको सवारी साधन मर्मतसम्भार व्यवसायमाथी ३० हजार डलर जरिवाना !


ब्रिजबेन । अष्ट्रेलियाको ब्रिजबेनस्थित सवारी साधन मर्मतसम्भार व्यवसायका अपरेटरलाई ३० हजार डलर जरिवाना तिराइएको छ । कम्पनीले पूर्ण–समय मोटर मेकानिकको रूपमा काम गरेका भारतीय नागरिकलाई कानुन अनुसारको सेवा सुविधा नदिएको गुनासोसँगै फेयरवर्क अम्बुडस्म्यानले संघीय अदालतमा चलाएको मुद्धाका आधारमा जरिवाना गराइएको हो ।

अदालतले कम्पनीलाई कानुन कार्यान्वयन गराउन आदेश समेत दिएको छ । कामदारलाई पूर्ण फिर्ता भुक्तानी, सेवानिवृत्तिमा ब्याज समेत थपेर भुक्तानी दिन समेत आदेशमा भनिएको छ । फेयरवर्क अम्बुडस्म्यान सान्ड्रा पार्करले कानुन कार्यान्वयन नगर्ने व्यवसाय अपरेटरहरूलाई सचेत गराउँदै कामदारमाथी ठगी नगर्न चेतावनी दिनुभएको छ । कामदार ठगिएको गुनासो आएमा कानुनी कारबाहीका लागि प्रतिबद्ध रहेको समेत फेयरवर्क अम्बुडस्म्यानले जनाएको छ ।

स्वदेशी तथा आप्रवासी कामदारहरू जो कोहीलाई तलब सेवा सुविधा लगायतमा कानुनी सहयोग गरिने पार्करले बताउनुभएको छ । आफ्नो तलब वा अधिकारको बारेमा कुनै पनि कर्मचारीहरूले निःशुल्क सल्लाह र सहायताको लागि सम्पर्क गर्न फेयरवर्क अम्बुडस्म्यानले सबैलाई आह्वान समेत गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6