Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsविश्वकप फुटबलमा लियोनल मेस्सीको नयाँ कीर्तिमान, पुरा गरे २६ खेल !

विश्वकप फुटबलमा लियोनल मेस्सीको नयाँ कीर्तिमान, पुरा गरे २६ खेल !


काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाउनुभएको छ । आइतबारको कतार विश्वकपको फाइनल खेलसँगै मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान तोड्नुभएको हो ।

आगामी खेलबाट सन्यास लिने घोषणा गर्नुभएका मेस्सीको यो विश्वकपमा २६ औं खेल हो । कतारमा जारी विश्वकपको फाइनल अन्तर्गत फ्रान्सविरुद्धको खेलमा सुरुआती–११ मा पर्दै मेस्सीले लोथरको कीर्तिमान भङ्ग गर्नुमात्रै भएको छैन टिमलाई उपधी जिताउन समेत भुमिका खेल्नुभएको छ ।

यस्तै, मेस्सी फिफाको प्रतियोगितामा सबैभन्दा धेरै मिनेट खेल्ने खेलाडी पनि बन्नुभएको छ । इटालीका डिफेन्डर पाउलो माल्दिनीका नाममा रहेको यो रेकर्ड मेस्सीले तोड्नुभएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6