Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका फार्मेसीहरूमा एन्टिबायोटिक औषधी अभाव, टिजिए भन्छ, “तीन महिनापछि सहज”

अष्ट्रेलियाका फार्मेसीहरूमा एन्टिबायोटिक औषधी अभाव, टिजिए भन्छ, “तीन महिनापछि सहज”


ब्रिजबेन । अष्ट्रेलियाका फार्मेसीहरूमा ब्याक्टेरिया संक्रमणका लागि उपयोगी एन्टिबायोटिक औषधीको ठूलो अभाव देखिएको छ । द थेरापेटिक गुड्स एडमिनिस्ट्रेसनले अष्ट्रेलियामा केही एन्टिबायोटिकऔषधिहरूको सिमित उपलब्धता भएको पुष्टि गर्दै अभाव स्विकार गरेको हो ।

धेरै ब्याक्टेरिया संक्रमणहरूको उपचार गर्न प्रयोग गरिने अमोक्सिसिलिन र ट्राइमेथोप्रिम जस्ता लोकप्रिय एन्टिबायोटिकहरू देशभरि कम आपूर्ति भएका कारण अभाव भएको बताइएको छ । सामान्यतया मूत्राशय संक्रमणको उपचार गर्न प्रयोग गरिने ट्राइमेथोप्रिम डिसेम्बरको शुरुदेखि नै आपूर्तिमा कम भएको र फेब्रुअरीको अन्त्यसम्म नै आवश्यकता अनुसार भण्डारण हुन नसक्ने चेतावनी थेरापेटिक गुड्स एडमिनिस्ट्रेसनले (टिजिएले) दिएको छ। स्वास्थ्य निकायले ब्याक्टेरियाको संक्रमण जस्तै छातीको संक्रमणको उपचार गर्न प्रयोग गरिने एमोक्सिसिलिन पनि डिसेम्बरको सुरुदेखि नै आपूर्तिमा कम भएको भन्दै अझै केही समय अभावकै सामना गर्नुपर्ने जनाएको छ ।

यता, रोयल अस्ट्रेलियन कलेज अफ जनरल प्र्याक्टिसनर्स (आरएसीजीपी) का अध्यक्ष डा. निकोल हिगिन्सले सनराइजलाई यस समयमा अन्य औषधिका विकल्पहरू उपलब्ध गराइएको बताउनुभएको छ । टिजिएलाई विभिन्न ब्रान्डका एन्टिबायोटिक्सको अभावको बारेमा पूर्व सूचित गरिए अनुसार नै आगामी ३ महिनाभित्र आपूर्तिमा सुधार आउने जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6