Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा जात्रैजात्राको क्रेज । भुइमै बसेर हेरे दर्शकले

अष्ट्रेलियामा जात्रैजात्राको क्रेज । भुइमै बसेर हेरे दर्शकले


ब्रिजवेन
राम्रो चलचित्र बने हलहलमा दर्शकको बाढी लाग्छ भन्ने कुरा जात्रैजात्राले पुष्टी गरिदिएको छ । सामान्य कथामा अब्बल चलचित्र बनेको भन्दै दर्शकको वाहवाही पाएको जात्रैजात्राको क्रेज अष्ट्रेलियामा पनि उत्तिकै देखिएको छ ।

सबै शोहरु हाउसफुल हुन थालेपछि दर्शकले भूइमै बसेर भएपनि सिनेमा हेरेका छन् । मंगलबार व्रिजवेनमा भएको दोस्रो शो हाउसफुल भएपछि २० जना दर्शकले भूइ र सानो कुर्सीमा बसेर सिनेमा हरेका हुन् ।
हाउसफुल भइसकेपछि आएका दर्शकहरुले जसरी पनि सिनेमा हेर्नुपर्ने माग गरेपछि आयोजकले हल प्रशासनसंग अनुमति लिएर केही कुर्सी थप गरेको हो । थप कुर्सीमा बसेकाहरुलाई न्युन शुल्क लिएकाे आयाेजकले जनाएकाे छ । 

अष्ट्रेलियाको ब्रिजवेनमा भुइमै बसेर जात्रैजात्रा हेर्दै दर्शक

व्रिजवेनमा एकैपटकमा ६० वटा सम्म टिकट बेचेका अमृत खत्रीले यसअघिको कुनै पनि नेपाली सिनेमाको टिकटका लागि यति धेरै माग आएको आफुले थाहा नपाएको बताउनुभयो ।
‘अन्तिम समयमा हलमा पुगेका दर्शकहरुले अनुरोधलाई नकार्न नसकेपछि हामीले विकल्प खोजेका हौं’ – नेप्स्ब्रिजवेनका संचालक अरुण तिवारीले भने -‘अब हामी अरु शोहरु ठुलो हलमा देखाउने तयारी गरिरहेका छौ’ ।
व्रिजवेनमा पहिलो २६० र दोस्रो शो भएको हलमा १७५ जनाको क्षमता थियो ।

अष्ट्रेलियाको ब्रिजवेनमा भुइमै बसेर जात्रैजात्रा हेर्दै दर्शक

त्यस्तै अष्ट्रेलियाको सिड्नी र तासमानियामा पनि शोहरु हाउसफुल भएका छन् । सिड्नीमा त दर्शकको चाप खेप्न नसकेर तोकिएको ४ शोलाई बढाएर ८ शो बनाइएको अष्ट्रेलियाको वितरण जिम्मा पाएको ‘हो र होइन होला’ इभेन्टले जनाएको छ ।
सबै शोहरु हाउसफुल हुन थालेपछि अन्य शहरहरुमा पनि तोकिएको भन्दा थप शोहरु थपिएको इन्भेन्टका संचालक रोशन भट्टराईले जानकारी दिनुभयो ।

अष्ट्रेलियाको ब्रिजवेनमा हाउसफुल जात्रैजात्रा

त्यस्तै एडिलेडमा दर्शकको चापलाई व्यवस्थापन गर्न पहिलो पटक एकचोटी तीन वटा हलमा जात्रैजात्रा प्रशर्दन हुने भएको छ ।
पर्थ, मेलवर्न र क्यानवेरामा पनि टिकट बिक्रीको चाप उत्तिकै बढेको बताइएको छ ।
प्रर्दशनको सुरुवातदेखि नै आक्रामक व्यापार गरेको जात्रैजात्रालाई अष्ट्रेलियामा हो र होइन होला इभेन्टले ल्याएको हो । जसका लागि इभेन्टले ३० लाख रुपैया भन्दा बढी रकम तिरेको बताइएको छ ।

फणिन्द्र अष्ट्रेलिया आउदै ।

यसैबिच जात्रैजात्राका मुख्य पात्र मध्येको एक विपिन कार्की (फणिन्द्र ) अष्ट्रेलिया आउने भएका छन् ।
अर्को साता भ्रमण तय भएको विपिनले सिड्नी, ताजमानिया, एडिलेड, र क्यानवेरामा दर्शकसंगै बसेर सिनेमा हेर्ने कार्यक्रम छन् । निजी भ्रमणमा अष्ट्रेलिया आउन लागेकी अर्का कलाकार वर्षा राउत पनि सिड्नीमा विपिनसंगै उपस्थित हुने आयोजकले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6