Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविदेशबाट आफन्तलाई उपहार ल्याएका मोबाईल नचल्ने, भन्सार तिर्नुपर्ने नियमको चर्को बिरोध !

विदेशबाट आफन्तलाई उपहार ल्याएका मोबाईल नचल्ने, भन्सार तिर्नुपर्ने नियमको चर्को बिरोध !


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएको छ । योसँगै विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाईल सेटमाथी प्रतिबन्ध लाग्नेछ ।

गएको भदौभन्दा अगाडि प्रयोगमा आएका मोबाइल सेटहरू भने सञ्चालनमा कुनै बन्देज लगाइने छैन । गत ९ गते सूचना निकालेर प्राधिकरणले आजसम्ममा मोबाइलहरू दर्ता गर्न आह्वान गरेअनुसार नै एमडीएमएस कार्यान्वयनमा ल्याएको नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक समेत रहनुभएका प्रवक्ता सन्तोष पौडेलले नेपाल ट्युबलाई जानकारि दिनुभयो । उहाँले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडीएमएस लागू गरेको जिकिर गर्नुभएको छ । नियमअनुसार भन्सारमा घोषणा नभएको र दर्ता नभएका मोबाइल फोन सेट आजदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमासमेत रोक लगाइने बताइएको छ ।

प्रवासी नेपाली मञ्चको बिरोध, निर्णय खारेजको माग
यता, प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ। नेपाल बाहिर प्रवासमा अवस्थित गैरआवासीय नेपालीले घर फर्किँदा एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने नियम प्रवासी नेपाली श्रमिकको हित विपरीतको भएको दाबीसहित मञ्चका अध्यक्ष सञ्जय थापाले प्रवासी नेपालीको हितविपरित व्यपारीमैत्री निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको छ ।

“विदेशमा वर्षौँसम्म रगत, पसिना बगाएर आफ्नो जहान परिवारलाई एउटा मोबाइल र छोराछोरीका लागि एउटा ल्यापटप ल्याउँदा पनि भन्सार लिनु भनेको प्रवासी श्रमजीवी नेपालीमाथिको निर्मम शोषण हो”, अध्यक्षद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “लाखौँ प्रवासी नेपालीको विप्रेषणले देशको मुख्य अर्थतन्त्र धानेको विषय सरकारलाई अवगत नै छ।” यसबारे थप कदम चाल्न बाध्य नबनाउन समेत प्रवासी नेपाली मञ्चले सरकारलाई चेतावनी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6