Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia‘नो रेमिट्यान्स’ अभियानको प्रभाव : विदेशबाट ल्याएका मोबाइल नचल्ने नियम हट्यो !

‘नो रेमिट्यान्स’ अभियानको प्रभाव : विदेशबाट ल्याएका मोबाइल नचल्ने नियम हट्यो !

एमडिएमएस प्रणाली कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन


काठमाडौं । विदेशबाट मोबाइल ल्याउन सरकारले गरेको कडाइको विरोधमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ‘नो रेमिट्यान्स’ अभियान चलाएसँगै र जनस्तरमा चर्को बिरोध भएपछि तत्कालका लागि एमडिएमएस प्रणाली लागू नहुने भएको छ । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएसँगै एमडिएमएस प्रणाली तत्काल लागू नहुने भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले विदेशबाट फर्किने क्रममा कसैले उपहारको रुपमा एकभन्दा बढी (दोस्रो) मोबाइल फोन ल्याएमा १८ प्रतिशत भन्सार लाग्ने र तेस्रो मोबाइल जफत गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डबाट निर्देशन भएको जानकारि दिनुभयो । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न एमडिएमएस प्रणाली लागू गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले बताउँदैआएको छ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गर्दैआएको थियो । बैदेशिक रोजगारीमा रहेका नेपालीसँगै स्वदेश समेतका नेपालीहरुले सरकारको नियमले ब्यापारि पोस्ज खोजिएको भन्दै बिरोध गरेका थिए ।

योसँगै विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौभन्दा अगाडि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र नलिएमा सेट फोन आजबाट बन्द गरिने दुरसञ्चारको निर्देशन अलपत्र परेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6