Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाल अपडेट : उपप्रधान एवं गृहमन्त्री रवीको कदम देखी अन्य विशेष खबर

नेपाल अपडेट : उपप्रधान एवं गृहमन्त्री रवीको कदम देखी अन्य विशेष खबर


काठमाडौं । गृहमन्त्री रवीको सुधारवादी कदम, अवैधानिक बाटोबाटो करोडौँ नेपाल ल्याउन खोज्ने पक्राउ, चिसो र शीतलहरको जोखिम, खुल्ला चौरमा पढ्नुपर्ने बाध्यता र बार्गेनिङ पत्रकारिताविरुद्धको चेतावनी बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

सुरक्षाकर्मी घटाएका उपप्रधान एवं गृहमन्त्री लामिछानेको यस्तो प्रतिबद्धता
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आकस्मिक अवस्थामा बाहेक साइरन बजाएर नागरिकलाई उछिन्दै नहिँड्ने बताउनुभएको छ । सामाजिक सञ्जमालमार्फत यस्तो प्रतिबद्धता गर्नुभएका लामिछानेले आफू उपप्रधान एवम् गृहमन्त्रीमा नियुक्ति भएलगत्तै आफ्नो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षक (सई) को नेतृत्व सुरक्षाकर्मी राखेको, सवारीका क्रममा रहने अगुवा–पछुवा सुरक्षाकर्मीसहितको गाडी हटाएको र सडक नियमको पूर्ण पालना गर्ने प्रतिबद्धता गर्नुभएको छ । व्यक्तिगत कामका लागि कतै जादा वा बिदाका दिनमा आफ्नै गाडी प्रयोग गर्ने र यदि कुनै अवस्थामा सरकारी गाडी प्रयोग गर्नुपरेमा त्यसको हिसाब राज्यलाई बुझाउने लामिछानेको जिकिर छ ।

अमेरिकाबाट अवैधानिक बाटो हुँदै करोडौं रकम भित्र्याउन खोज्ने पक्राउ
अमेरिकाबाट अवैधानिक बाटो हुँदै करोडौं रकम भित्र्याउन खोज्ने पृथ्वीबहादुर शाहलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ । शाहसहित पक्राउ पर्नेमा विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुपमाङगत काफ्ले र रंगबहादुर साउद रहेका छन् । सिआईबीको प्रारम्भिक अनुसन्धानले ६ जनाले दर्जनौं कम्पनी खडा गरेर ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर अर्थात ३ करोड २२ लाखभन्दा बढी नेपाली रुपैयाँ गैरकानूनी कारोबार गरेको खुलेको छ । शाह जनार्दन शर्मा अर्थमन्त्री भएका वेला ४० करोडभन्दा बढी स्रोत नखुलेको रकम विदेशबाट नेपाल भित्र्याउन सक्रिय भएपछि चर्चामा आएका थिए । कालो धन नेपाल भित्र्याउन सघाउन तत्कालीन अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकलाई पत्र लेखेपछि गभर्नर महाप्रसाद अधिकारी र तत्कालिन अर्थमन्त्री शर्मा विच द्धन्द्ध बढेको थियो ।

चिसो र शीतलहरले जनजीवन प्रभावित
चिसो र शीतलहरले नेपालभरको जनजीवन प्रभावित भएको छ । विशेषगरी मध्य तथा पश्चिम तराईमा केही सातादेखीको शीतलहरले तराई/मधेसको जनजीवन प्रभावित बनेको छ । पुस १७ गतेदेखि शीतलहर चल्न थालेकोमा अझै केही दिन शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराईमा हुस्सु र कुहिरो शीतलहर लागिरहेको छ भने पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । आज काठमाण्डौमा न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । गृह मन्त्रालयले शीतलहर र हिमपात हुने क्षेत्रमा आवश्यक तयारी गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । मधेस प्रदेश सरकारले शीतलहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि सबै जिल्लामा आठ लाख रुपैयाँका दरले दिने निर्णय गरेको छ ।

खुल्ला चौरमा पठनपाठन, बाध्यता कि रहर ?
बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी विगत लामो समयदेखी खुल्ला आकाशमुनी चौरमा पठनपाठन गर्न बाध्य छन् । कक्षाकोठा अभावका कारण विद्यार्थीले खुला आकाशमुनि पठनपाठन गर्न गराउन परेको विद्यालयका प्रधानाध्यापक कृष्णकुमारी श्रीसले जानकारी दिनुभयो । बाढी पहिरोका कारण केही पर काफ्ले भन्ने स्थानमा रहेको विद्यालय भवन भत्किएपछि दुई वर्षअघि सार्वजनिक चौरमा सारिएको थियो । दुई वर्षदेखि अस्थायी छाप्रोमा समस्याका बीच पठनपाठन भइरहेको विद्यालयको केही कक्षा खुला आकाशमुनि नै छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई कोठे विद्यालय भवन बनाउन अस्थायी छाप्रोको केही भाग हटाएपछि तीन वटा कक्षाका विद्यार्थीलाई प्राङ्गणमै पठनपाठन गराउनु परेको छ भने दुई वटा कक्षाका विद्यार्थीलाई अस्थायी टहरामा पठनपाठन गराइने गरिएको छ । विद्यालयमा १ देखि ५ कक्षासम्म ३१ विद्यार्थी अध्ययनरत छन् ।

बार्गेनिङ पत्रकारिता विरुद्ध आक्रामक कारबाही : प्रस काउन्सिल नेपाल
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा बार्गेनिङ्ग गर्ने र स्वार्थ पूरा नभए समाचार लेख्ने प्रवृत्ति रोक्न कडा कदम चालिने बताउनुभएको छ । काउन्सिलमा नयाँ अनलाइनहरुका लागि शुक्रबार आयोजित एक कार्यक्रममा नीहित स्वार्थ पूरा नभए समाचार बनाउने प्रवृत्तिले पत्रकारितालाई कमजोर पार्ने भएकाले यस्ता समस्या रोक्न सबैको समन्वय हुनुपर्नेमा बस्नेतले जोड दिनुभएको हो । कतिपय सञ्चार माध्यमलाई काउन्सिलले विशेष निगरानीमा राखेको समेत उहाँले बताउनुभयो । पर्याप्त प्रमाण पुर्याएर त्यस्ता सञ्चारमाध्यमलाई आचारसंहिताको कारवाही हुने बताइएको छ । विशेषगरि अनलाइन र युट्युव च्यानलहरुमा पत्रकारिताको रोगकै रुपमा यो समस्या भित्रिएकाले काउन्सिलले अभियानै चलाएर यसविरुद्ध कदम चाल्ने जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6