Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविदेशमा नेपाली सधै एकजुट, यी बहिनीका लागि एकदिनमै उठ्यो १५ हजार सहयोग

विदेशमा नेपाली सधै एकजुट, यी बहिनीका लागि एकदिनमै उठ्यो १५ हजार सहयोग


सिड्नी । नयाँ वर्षको दिन सिड्नीको वाट्सन वेमा मृत अवस्थामा भेटिएकी एक नेपाली युवतीको शव नेपाल ल्याउन गरिएको आर्थिक सहयोग अभियान गोफण्डमी मार्फत एकै दिनमा १५ हजार डलर संकलन भएको छ । मृतक २२ वर्षिय प्रनिता श्रेष्ठको शव नेपाल ल्याउन भन्दै शनिबार उनकै सानी आमा श्वेता थापाले गोफण्डमी मार्फत थालेको सहयोग संकलन अभियान मार्फत २० घण्टामै १५ हजार २०९ डलर संकलन भएको हो ।

श्वेताले नेपाल ट्युबलाई अब गोफण्डी अभियान स्थगित भएको जानकारि दिदै सहयोगी सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले अबको केही दिनमै प्रनिताको शव नेपाल पठाउने प्रक्रिया थालिने बताउनुभएको छ । नेपालमा परिवारको आर्थिक अवस्था कमजोर रहेको तथा शव पठाउन १० हजार डलर खर्च हुने भएकाले सहयोग संकलन गरिएको श्वेताले बताएपछि नेपाल ट्युबले प्राथमिकताका साथ समाचार प्रशारण गरेर सहयोग संकलन अभियानलाई सघाएको थियो । यो दुखको घडीमा सबै मिलेर सहयोग गरिदिन गरिएको अनुरोध स्विकार गर्दै एकअर्कालाई परेको दुःखमा विदेशमा रहेका नेपालीहरु एकजुट हुन्छन भन्ने सन्देष यो घटनाबाट प्राप्त भएको छ ।

मृतककी सानीआमाले सहयोग संकलन अभियान चलाएपनि सहयोग संकलन गर्न गैर आवासिय नेपाली संघ न्युसाउथ वेल्सले भरपुर सघाएको संयोजक देव गुरुङले जानकारी दिनुभयो । यता, न्यु साउथ वेल्स प्रहरीले पोस्टमार्ट गरेर घटनाको अनुसन्धान गरिरहेको छ ।


ट्याग : #Nepali Student in #australia #nepali #nepaltube #sydney #help
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6