Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalक्रिकेटर लामिछाने २० लाख धरौँटीमा छुट्ने, उच्च अदालत पाटनको यस्तो आदेश

क्रिकेटर लामिछाने २० लाख धरौँटीमा छुट्ने, उच्च अदालत पाटनको यस्तो आदेश


काठमाडौं । बलात्कार अभियोगमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने धरौँटीमा रिहा हुने भएका छन् । उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका क्रिकेटर लामिछानेलाई धरौटीमा छाड्न आदेश दिइएपनि विदेश जान भने रोक लगाइएको छ । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेको रिटमाथीको फैशलाले धरौँटीमा रिहा गर्न आदेश दिएपनि काठमाडौं बाहिर जान समेत अनुमति लिनुपर्ने जाकारि दिनुभयो । यता, सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा अझ पनि विचाराधीन अवस्थामा छ ।

राष्ट्रिय क्रिकेट टोलीका तत्कालिन कप्तान लामिछानेले जबरजस्ती करणी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा एक नाबालिगले किटानी जाहेरी दिएकी थिइन । उक्त जाहेरिसँगै सन्दिपमाथीको छानविन सुरु भएर मुद्धा अदालतसम्म पुगेको थियो ।

शुक्रबार मात्रै थुनामुक्त हुने
क्रिकेटर लामिछानेले शुक्रबार मात्र थुनामुक्त हुने भएका छन् । उच्च अदालत पाटनले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएकाले बिहीबार आज नछुट्ने भएका हुन् । कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले लामिछानेलाई शुक्रबार थुनामुक्त गरिने नेपालट्युबलाई जानकारि दिनुभयो ।

‘पीडित’ किशोरी र परिवारलाई भेट्न बन्देज
आदेशमा भनिएको छ, ‘आफू वा आफूसंवद्ध संस्था वा व्यक्तिहरुबाट जाहेरीकर्ता, परिवर्तित २६ वा निजको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा जाहेरीकर्ता, परिवर्तित २६ वा निजको परिवारको कुनै सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाव दिने, प्रभाव वा दुरुत्साहन दिने वा सो सम्बन्धी कुनै कार्य नगर्नु, नगराउनु भनी प्रतिवादीलाई निषेधात्मक आदेश दिइएको छ ।’ यस्तै, सन्दीपलाई ‘पीडित’ किशोरीसँग वा उनको परिवारका सम्बन्धका बारेमा वा मुद्दाको बारेमा अभिव्यक्ति दिन पनि रोक लगाएको छ । मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चार माध्यम वा सामाजिक सञ्जालमा टीका टिप्पणी गर्न सन्दीलाई रोक लगाइएको आदेशमा उल्लेख छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6