Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा गुञ्जिदै सज्जन राज वैद्य

ब्रिजवेनमा गुञ्जिदै सज्जन राज वैद्य


ब्रिजवेन, पछिल्लो पुस्तामा लोकप्रिय गायक सज्जन राज वैद्य यति बेला आफ्नो सांगितिक यात्राका लागि अष्ट्रेलियामा छन् । हिजो जनवरी १२ मा सिड्नीबाट उनको कन्सर्ट सुरु भइसकेको छ । १८ जनवरीमा भने सज्जनले ब्रिजवेन गुञ्जाउने कार्यक्रम छ ।

द नेप्स ब्रिजवेनले सञ्जनको कन्सर्टको आयोजना गरेको हो । भ्यालीको फोर्टिच्युट म्युजिक हलमा हजारौं दर्शकका माझ कन्सर्ट हुन लागेको आयोजक अरुण तिवारीले जानकारी दिनुभयो । यो हलमा ३ हजार मानिस उभिएर कन्सर्ट हेर्न सक्छन् । पछिल्लो केही वर्षमै आफ्ना फरक धारको स्वर, गित र प्रस्तुतीका कारण सज्जन युवा पुस्तामा भिज्न सफल गायक हुन् । उनको चिठ्ठी भित्र, फुत्की जाने र धर्य जस्ता गित युट्युबमा मिलियनस् पटक हेरिएको छ ।

ब्रिजवेनमा हुने सज्जनको कन्सर्टको मुख्य प्रायोजक कुइन्सफर्ड कलेजले गरेको हो भने मुख्य सहयोगीमा एबिसी ग्लोबल एजुकेशन कन्सलटेन्सी रहेको छ ।
सज्जनले ब्रिजवेनपछि मेलवर्न र पर्थमा समेत कन्सर्ट गर्ने कार्यक्रम तय भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6