Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalक्रिकेटर लमिछानेलाई थुनामै राख्नुपर्ने निवेदनमाथि आज सुनुवाई, किन गरिदैछ बन्द प्रशिक्षणको हतारो ?

क्रिकेटर लमिछानेलाई थुनामै राख्नुपर्ने निवेदनमाथि आज सुनुवाई, किन गरिदैछ बन्द प्रशिक्षणको हतारो ?


सर्वोच्च अदालतमा आज सुनुवाई काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दिप लमिछानेलाई थुनामै राख्नुपर्ने निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाएका लामिछाने उच्च अदालत पाटनको आदेशले २० लाख धरौटी बुझाएर गत पुस २९ गते छुटेका थिए । उच्चको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमा आज पेसी तोकिएको हो ।

नेपालको कानूनमा तीन वर्षभन्दा बढी कैद हुन सक्ने मुद्दामा तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिने अभियुक्तलाई थुनामा राखेर मुद्दाको कारबाही गर्नुपर्ने व्यवस्था भएको दाबीसहित महान्यायाधिवक्ता कार्यालयले थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने दाबी गर्दैआएको छ । लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश कानुन र सर्वोच्च अदालतको नजिरको विपरीत रहेको भन्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको हो । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पेस गरेका प्रमाण, प्रचलित कानून र अभियुक्तलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नेसम्बन्धी आफ्नै नजिरहरूका आधारमा सर्वोच्चले लामिछानेलाई थुनामै पठाउने आदेश जारी गर्नसक्ने आँकलन गर्न थालिएको छ ।

मुद्धा किनारा नलाग्दै नेपाल क्रिकेट संघ क्यानको हतारो
सर्वोच्चमा तोकिएको पेसीमा सुनुवाइको प्रतिक्षा नै नगरी यता नेपाल क्रिकेट संघ क्यानले भने लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ । पोखरामा बसेको बोर्ड बैठकले निलम्बन फुकुवा गरेलगत्तै लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । लामिछानेको आजै फिटनेश परिक्षण हुँदैछ । बलात्कारजस्तो जघन्य अपराधको टुंगो नलाग्दै लामिछानेलाई राष्ट्रिय टिममा फर्काइँदा त्यसले अन्तर्राष्ट्रियस्तरमा समेत प्रश्न उठाउने जोखिम रहेको चर्चा समेत चलिरहेको छ ।

खेल मिलेमतो र सट्टेबाजीको विषयमा गम्भीर अनुसन्धानमा तानिनुपर्ने क्यानको नेतृत्व फौजदारी अभियोग लागेका खेलाडीको प्रतिबन्ध फुकुवा गर्दै राष्ट्रिय टिममा सहभागी गराउने हतारोसँगै थप बिवादमा तानिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6