Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaचिठ्ठाले चम्किदै भाग्य : कतारमा चिठ्ठा मार्फत जिते नेपाली युवाले ८२ करोड !

चिठ्ठाले चम्किदै भाग्य : कतारमा चिठ्ठा मार्फत जिते नेपाली युवाले ८२ करोड !


काठमाडौं। कतारमा बस्दैआएका एक जना नेपाली युवाले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झण्डै ८२ करोड चिठ्ठा जितेका छन् । जनवरी १६ मा खरिद गरेको चिठा नम्बर २३२९३६ मार्फत नेपाली रञ्जित कुमार पालले यति ठूलो रकम जित्न सफल हुनुभएको हो ।

विजेता पाल विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा काम गर्दै आउनुभएको थियो । यति ठूलो रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित बन्नुभएका पालले सम्पूर्ण रकम नेपालमा रहेको परिवारलाई पठाउने बताउनुभएको छ । ‘मलाई विश्वास नै लागि रहेको छैन । म यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्ने आशा गर्छु।’ पालले भन्नुभएको छ । विगत १५ महिना देखि नगद , सुन , गाडी प्राप्त गर्न सकिन्छ कि भन्ने उदेश्यले भाग्य चिठ्ठाका रुपमा चिठ्ठा खरिद गर्दै आएको पाल बताउनुहुन्छ ।

यस अघि दुबईमा कार वाशरको काम गर्ने ३१ वर्षिय नेपाली युवाले २२ करोड रुपैयाँको चिठ्ठा जित्नुभएको थियो । वैदेशिक रोजगारका लागि दुबई कतार लगायतका देशहरुमा पुगेका नेपाली तथा अन्य तेस्रो मुलुकका कामदारहरुमा यस किसिमको भाग्य चिठ्ठा किन्ने ‘ट्रेण्ड’ बढ्दो गएको मात्रै छैन विजेत बनेर ठूलो धनरासी हात पार्न समेत सफल भैरहेका छन् ।


ट्याग : #Big Ticket Winner, #Ranjit Kumar Pal #winner #bigticket #nepali #qatar #win #nepaltube #draw, #कतारका एक नेपालीले जिते ८२ करोडको चि'ठ्ठा
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6