Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्यानबेरामा पहिलो पटक नेपाल फेस्टिभल हुँदै, यसरी उर्लिनेछ सिंगो नेपाल !

क्यानबेरामा पहिलो पटक नेपाल फेस्टिभल हुँदै, यसरी उर्लिनेछ सिंगो नेपाल !


ब्रिजबेन । अष्ट्रेलियाको क्यानबेरामा पहिलो पटक आयोजना हुन लागेको नेपाल फेस्टिभल क्यानबेरा–२०२३ को तयारी पुरा भएको छ । नेपाली कता संस्कृति, खानपान, भेषभुषा र मौलिकताको प्रबद्र्धन गर्ने उद्धेश्य राखेर एनआरएनए अष्ट्रेलियाले विभिन्न राज्यहरुमा आयोजना गर्दै आएको नेपाल फेस्टिभल यहि फेब्रुअरी ११ तारिख शनिवार पहिलोपटक क्यानबेरामा हुन लागेको हो ।

कोमनवेल्थ पार्कमा आयोजना हुने फेस्टिभलको पूर्व तयारी सम्पन्न भएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् क्यानबेरा राज्य सयोंजक अशोक बस्नेतले जानकारि दिनुभयो । परेडका लागि एनआरएनएका सल्लाहकार कृष्ण सुवेदी, नेपाल हाउसका लागि एएनएफएसका अध्यक्ष आशिष देवकोटा र सांस्कृतिक कार्यक्रम तर्फ प्रकाश केसीलाई जिम्मेवारी दिइए अनुसार पूर्व तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । फेब्रुअरी ११ तारिखका दिन बिहान साढे १० बजेबाट परेड सुरु हुने र परेडमा अष्ट्रेलियामा रहेका विभिन्न नेपाली सघंसंस्थाहरुको सहभागिता रहने बस्नेतले जानकारि दिनुभयो । फेस्टिभलमा १५ देखि १८ देशका राजदुत, क्यानबेरा राज्यका बहुसांस्कृतिक मन्त्री सहभागी हुँने संयोजक बस्नेतले जानकारि दिनुभयो । स्थानीय बसमा नेपाल फेस्टिबलको प्रचार सामाग्री राखिएको स्टीकर टास्नुका साथै, स्थानीय सञ्चार माध्यममा समेत प्रचार प्रसार गरेर पहिलो फेस्टिभललाई भब्य बनाउन लागिएको बताइएको छ ।

फेस्टिभल मार्फत पहिलो पटक अस्ट्रेलियाका गभर्नर जनरलले नेपालीका लागि शुभकामना शन्देश जारी गर्नुहुने बताइएको छ । भ्वाईस अफ नेपालको समुहले बेजोड सांगीतिक प्रस्तुती पस्कने फेस्टिभलमा मेलामा १० देखि १५ हजारको सहभागिता हुने अपेक्षा आयोजकको रहेको छ । सास्कृतिक कार्यक्रममा भ्वाईस अफ नेपालका कोच एवम् चर्चित गायक प्रमोद खरेल, होस्ट सुशिल नेपाल, भ्वाईस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर, सिजन ४ का विजेता करण राई, प्रतियोगीतहरु बर्षा हितानी आरिफ रफले भरपुर मनोरञ्जन दिनेछन् । फेस्टिभल सफल बनाउन ईभेन्ट पार्टनरको रुपमा सक्सेस एजुकेशन एण्ड भिषा सर्भिसेज, प्लाटिनम पार्टनरको रुपमा एबिएच होम,ईलुस्टारटेड पोर्पटीज,क्राउन ईन्स्टिच्युट अफ हाईली एजुशेकन, ग्रेस ईनटरनेशनल,युनिभर्सिटी अफ क्यानबेरा, एक्पर्ट एजुकेशन र राईट्स एण्ड एशोसियट्सले भरपुर साथ दिएका छन् । गोल्ड एण्ड डिजिटल पार्टनरका रुपमा नाईन जेरो नाईन सोलुसनले भरपुर साथ दिएको छ ।

फेस्टिभलमा विभिन्न प्रतिभाहरुको सांस्कृतिक कार्यक्रमसँगै नेपालको कला तथा संस्कृति झल्काउने डिस्प्ले, नेपाली परिकारको फुडस्टल, बच्चाहरुको रमाईलो खेलको मज्जा लिन पाइनेछ । नेपाली पहिचानलाई विश्वमाझ पुर्याउने अभियानका रुपमा नेपाल फेस्टिभल आयोजना गरिएको क्यनवेरा राज्य संयोजक बस्नेतले जानकारि दिनुभयो ।

नेपालको पर्यटनमा सहयोग गर्न, नेपाली एकता तथा सद्भावको संदेशलाई विश्वमाझ पस्किन, नेपाली भाषा, कला, संस्कृति, परम्परा, खाना लगायत नेपाली मौलिकताको प्रबर्धनका साथै नयाँ पुस्तालाई नेपालको माटोसंग जोडिरहने बनाउनुलाई नेपाल फेस्टिवलको मुख्य उद्देश्य बनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6