Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsएआइबिटीको अर्को कलेज पनि खारेज । हजारौ विद्यार्थी मर्कामा । अब के गर्ने ?

एआइबिटीको अर्को कलेज पनि खारेज । हजारौ विद्यार्थी मर्कामा । अब के गर्ने ?


सिड्नी

अष्ट्रेलियन स्किल क्वालिटी अथोरिटी ( आस्क्वा) ले एआइबिटीको अर्को कलेजको दर्ता पनि खारेज गरिदिएको छ ।
इन्टरनेशनल इन्सटिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी इन्टरनेशनल प्रालिको दर्ता खारेज भएको हो । खारेजीसंगै त्यहाँ अध्ययनरत नेपाली लगायत संयौ विद्यार्थीको पढाई अन्यौल बनेको छ ।
यदपी कलेजले माथिल्लो निकाय एडमिनिष्ट्रेटिभ अपिल ट्रिब्युन (एएटी) मा पुनरावेदन भने गर्न पाउछ ।
तीन महिनाअघि एकै नामको एआइबिटी कलेजको दर्ता खारेजी हुदा १ हजारभन्दा बढी नेपाली विद्यार्थी अलपत्र परेका थिए ।
दुबै कलेज एकै व्यक्ति र संस्थाले संचालन गरेको पाइएको छ ।
नेपाली विद्यार्थीहरु पढ्ने कलेज पटक पटक खारेजीमा पर्दा उनीहरुको भविष्य नै अन्यौलमा पर्ने देखिन्छ ।
तीन महिना अघि खारेज भएको कलेजको दर्ता सम्बन्धि अझै ठोस निर्णय हुन सकेको छैन । कलेजले एएटीमा गरेको पुनरावेदन पटक पटक अन्तरिम आदेश जारी गर्दै सरेपछि विद्यार्थीहरुले पनि ठोस कदम लिन सकेका छैनन ।
अब के गर्ने भनेर अन्यौलमै रहेका बेला त्यहि नामको अर्को कलेज पनि बन्द हुने भएपछि नेपाली विद्यार्थीमाथी अर्को बज्रपात परेको छ ।

हाल अष्ट्रेलियामा ५० हजारको हाराहारीमा नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । नेपाल अष्ट्रेलियामा विद्यार्थी पढाउने तेस्रो ठुलो राष्ट्र समेत हो ।
तर, नेपाली विद्यार्थीको उल्लेख्य संख्या रहेको कलेजहरु नै भटाभट मापदण्ड नपुगेको भन्दै बन्द हुन थालेपछि नेपालीबाट विद्यार्थीआउने प्रकृयामै त्रुटी भएको देखिन्छ ।

खासगरी नेपालबाट कलेज छान्दा खेरी नै शैक्षिक परामर्शदाता र स्वयम् विद्यार्थीले नै हेलचक्राइ गरेका छन् ।
बढी कमिसनको लोभमा शैक्षिक परामर्शदाताले मापदण्ड नपुगेका कलेजमा विद्यार्थी पठाउन जोड दिने तथा विद्यार्थीहरु पनि जसरी पनि अष्ट्रेलिया जाने सोचमा आफुले पढ्ने कलेजका बारेमा अध्ययन नगर्ने प्रवृतिले यस्ता घटना दोहोरीरहेको जानकारहरु बताउछन् ।

एआइबिटीले नेपाली शैक्षिक परामर्श दाता (कन्सल्टेन्सी)लाई एउटा विद्यार्थी वापत शुल्कमा ४० देखि ५० प्रतिशतसम्म कमिसन दिने गरेको जानकारहरु बताउछन् ।
अब प्रश्न उठ्छ ? कमिसन कै लागि मापदण्ड नपुगेका कलेजमा विद्यार्थी भर्ना गराउनु कन्सल्टेन्सीको नैतिकताभित्र पर्छ ?

अब के गर्ने ? 

यो अहिलेको मुल प्रश्न हो । मापदण्ड नपुगेका कलेज बन्द हुनु सामान्य प्रकृया नै हो । तर, लाखौ रुपैया खर्च गरेर आएका नेपाली विद्यार्थीको भविष्य के हुने भन्ने कुराले सबैलाई चिन्तित बनाएको छ ।

अष्ट्रेलियामा कलेज बन्द भएको अवस्थामा विद्यार्थीले के के गर्नुपर्छ भनेर व्रिजवेनका शैक्षिक परामर्शदाता अभिमानसिंह बस्नेतले हामीलाई यसरी जानकारी दिनुभयो ।

वर्तमान अवस्थामा अष्ट्रेलियामा देखिएको नेपाली विद्यार्थीको समस्याका बारेमाः

अष्ट्रेलियमा यहाको नागरिकलाई पढाउनका लागि आर टि ओ नम्बर लिनुपर्छ । भने विदेशी विद्यार्थी पढाउन भने CRICOS CODE   हुनुपर्छ । हिजोसम्म केलज, विद्यार्थी र परामर्शदाताको आ आफ्नै समस्या थिए होलान् । अब यो सबै समस्याको निराकरण गर्ने भनेको अष्ट्रेलियन सरकार मातहत रहेको ट्युसन प्रोटेक्सन सर्भिस टिपिएसले हो ।

अष्ट्रेलिया पढ्न आउन विद्यार्थीहरुले जि टि ई अर्थात जेन्युन टेम्पोररी इन्ट्रान्टको मापदण्ड पुरा गर्नुपर्छ । जसमा पढ्ने स्पष्ट उदेश्य, पढ्न सक्ने आर्थिक क्षमता, पढ्न आउनुको कारण, पढ्ने कलेको बारेमा विस्तृत अध्ययन र पढाइ सकेर आफ्नै देश फर्कि काम गर्ने योजना मुख्य रुपमा समेटिएको हुन्छ ।

यो सबै कुरा विस्तृतमा व्याख्या गरिएको स्टेटमेन्ट अफ प्रपोज विद्यार्थीले कलेज र अध्यामनलाई लेखेर बुझाउनुपर्छ । विद्यार्थीको स्टेटमेन्ट अफ प्रपोज चित्त बुझ्दो भए मात्र अध्यागमनले भिसा दिन्छ ।
यो सब कुराको जिम्मेवार कलेज, परामर्शदाता, अभिभावक र विद्यार्थी हुनेगर्छ ।

अहिलेको अवस्थामा के गर्ने ?

अष्ट्रेलिया पढ्न आउने हरेक विद्यँर्थी टिपिएसद्वारा सुरक्षित हुन्छन् । कलेज बन्द हुनु भनेको एउटा दुर्घटना हो । अब सबै जना मिलेर यसको समाधान खोज्ने बेला आएको छ ।

विद्यार्थीले के गर्ने

१. सबैभन्दा पहिला टिपिएसमा आफ्नो नाम दर्ता गर्ने । जसका लागि यसमा क्लिक गर्नुहोस् । 

२. टिपिएसको जवाफ केही समय पर्खिने । उनीहरुले तपाईलाई अवश्यपनि केही दिन भित्रमा सम्पर्क गर्छन् ।

३. टिपिएससंग निर्धक्कसंग सहि र सत्य कुरा बोल्ने, जसले गर्दा तपाईको समस्याको सहि समाधान निकाल्न सजिलो हुनेछ ।

४. परामर्शदाता रोज्दा गरिएको गल्ती फेरि नदोहो¥याउने ।

५. आफ्नो पढाइ कसरी चाडो र राम्रोसंग पुरा गर्न सकिन्छ भनेर ध्यान दिने ।

तपाइको विस्तृत विवरण तपाई आफैले टिपिएसमा दर्ता गर्नुपर्ने हुन्छ । पछि तपाईको सहयोगका लागि असल परामर्शदाता नियुक्त गर्न सक्नुहुन्छ ।

सरकारले कलेज दर्ताको खारेजी गर्दा विद्यार्थीको व्यवस्थापनको पनि योजना बनाएको हुन्छ । त्यसैले डराउनुपर्ने कुनै कारण छैन । हिजो परामर्शदाता छान्दा कुनै गल्ती भयो होला अब त्यस्तो गल्ती नगर्नुहोला ।

के गर्छ टिपिएसले ?

१. पहिले कलेजले कति पढायो र त्यस्को क्रेडिट कति दिन मिल्छ भनेर अनुसन्धान गर्छ । र अर्को कलेजमा पढ्ने मौका दिन्छ । चित्त बुझे टिपिएसले दिएको कलेज पढ्ने वा आफुलाई पायक पर्ने कलेज छान्न पनि विद्यार्थी स्वतन्त्र हुन्छन् ।

२. टिपिएसले अहिले डिप्लोमा पढ्दा आएका विद्यार्थीलाई डिप्लोमाकै अवसर दिनसक्छ । तर, कति विद्यार्थीले सिधै ब्याचलर गर्नपनि मापदण्ड पु¥याएर पढ्न पाउछन् ।

३. टिपिएसले विद्यार्थीलाई पढाएको आधारमा कति पैसा फिर्ता दिने भनेर निर्णय गर्छ । र कलेजको कारणले पढाइ पुरा नभएको हो भने सबै पैसा पनि फिर्ता हुन्छ ।

४. कलेज बन्द भएको कारणले भिसामा हुनसक्ने समस्यालाई पनि टिपिएसले समाधान खोज्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6