Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष, आँधी र तुफानको जोखिम

सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष, आँधी र तुफानको जोखिम


एजेन्सी । सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष बनेको छ । एक अध्ययनले तातो वर्षका साथै विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड कायम गरेको तथ्य सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय जर्नल एडभान्सेज इन एटमोस्फेरिक साइन्समा प्रकाशित भएको चीन, अमेरिका र इटलीका १६ वटा इन्स्टिच्युटका २४ जना वैज्ञानिकको टोलीले गरेको अध्ययनले सामुद्रिक तापमानमा उच्च वृद्धि भएको देखाएको छ । सन् २०१७ देखि हरेक वर्ष समुद्री तापक्रम वृद्धिको रेकर्ड तोडिएको पाइएको छ । अध्ययनका लेखक तथा चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गतको इन्स्टिच्युट अफ एटमोस्फेरिक फिजिक्सका अनुसन्धानदाता चेङ लिजिङका अनुसार विश्वव्यापी तापको ९० प्रतिशतभन्दा बढी महासागरमा समाप्त हुने भएकाले जलवायु परिवर्तनको मापनका लागि महासागरीय तापक्रम वृद्धि एक प्रमुख सूचक मान्ने गरिएको छ । समुद्रभित्र गर्मी बढ्नु नै ग्लोबल वार्मिङ अर्थात् विश्वव्यापी तापक्रम वृद्धिको थप प्रमाण भएको वैज्ञानिकहरुले बताएका छन् । तापमानको अलावा अध्ययनले उच्च नुनिलोपन भएका क्षेत्रमा लवणतामा थप वृद्धि भएको देखाएको छ ।

यद्यपि कम नुनिलो भएको क्षेत्रमा नतिजा ठिक विपरीत पाइएको छ । महासागरमा हुने तापक्रम वृद्धिले समुद्रको सतह बढाउँने र शक्तिशाली आँधी अनि तुफानको रूपमा अधिक उग्र मौसमलाई निम्त्याउने जोखिम बैज्ञानिकहरुले औल्याएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6