Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नेपाली युवकको अन्त्येष्टिका लागि सहयोग संकलन गरिदै, सकेको सहयोग गरौँ

अष्ट्रेलियामा नेपाली युवकको अन्त्येष्टिका लागि सहयोग संकलन गरिदै, सकेको सहयोग गरौँ

बालबच्चाको शिक्षाका लागि समेत संकलित रकम उपलब्ध गराइने


ब्रिजबेन । पोखरा समाज अष्ट्रेलियाको पहलमा अष्ट्रेलियामा ज्यान गुमाएका ४१ वर्षीया राजु गोदारको अन्त्येष्टिका लागि सहयोग संकलन अभियान सुरु गरिएको छ । १५ हजार अष्ट्रेलियन डलर सहयोग संकलन गर्ने लक्ष्यसहित सुरु गरिएको गो फण्डमी अभियानमा जोडिएर सहयोग गर्न अष्ट्रेलियाको नेपाली समूदाय, साथीहरूलाई अपिल गरिएको छ ।

यसरी संकलन गरिएको सहयोग रकम नेपालमा रहेका परिवारलाई र साना बच्चाहरुको शिक्षाका लागि समेत उपलब्ध गराईने बताइएको छ । गोफण्ड मी अभियानबाट संकलित रकमको मुख्य उद्देश्य दाहसंस्कार गर्नुरहेको पोखरा समाज अष्ट्रेलियाले जानकारि दिएको छ । तपाई पनि एउटा नेपालीको पीडामा सहयोग गरेर साथ दिन चाहानुहुन्छ भने यो लिंकमा गएर सहयोग गर्न सक्नुहुनेछ ।

यस्तो थियो गोदार मृत्युको घटनाक्रम
गोदार गत वर्ष नोभेम्बर १८ तारिखमा सिड्नीको स्टारफिल्डमा अचेत अवस्थामा भेटिएका थिए । प्यारामेडिक्सहरुले घटनास्थलमा पुगेर प्रारम्भिक उपचार गर्दागर्दै निधन भएको थियो । करिब ४ महिनासम्म आफन्त सम्पर्कमा नआएपछि शव अलपत्र परेको थियो । केही समय अघि मात्रै क्यानवेरास्थित नेपाली दूताबासको पहलमा पोखरामा रहेका आफन्तहरु सम्पर्कमा आएका छन् । ९ वर्ष अघि अष्ट्रेलिया आएका भाई केही महिनाअघिदेखी आफन्तको सम्पर्कबाट टाढा रहेको मृतकका दाईले नेपाल ट्युबलाई जानकारि दिनुभएको छ ।


ट्याग : #Nepali in Australia #nepali #australia #sydney #raju #nepaltube #saralgurung #pokharasamaj #help #student
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6