Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaवैदेशिक रोजगार बचतपत्र खुला,तपाई विदेशमा हुनुहुन्छ ? यसरी किन्न सकिन्छ !

वैदेशिक रोजगार बचतपत्र खुला,तपाई विदेशमा हुनुहुन्छ ? यसरी किन्न सकिन्छ !


काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भन्दै वैदेशिक रोजगार बचतपत्र खुला गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यही फागुन १४ गतेदेखि चैत ३ गतेसम्मका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५० करोड रुपैयाँ बराबरको बचतपत्र निष्कासन गरिएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीले घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचतपत्र किन्न पाउने बताइएको छ । वैदेशिक रोजगारीबाट फर्किएको ६ महिना पूरा नभएका नेपाली नागरिक र गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा यो बचतपत्र किन्न पाउनेछन् । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ । बचतपत्रको प्रत्येक छ महिनामा ब्याज पाइने व्यवस्था छ । ब्याज बचतपत्र खरिदकर्ता आफैँले वा इच्छाइएको व्यक्तिमार्फत पनि भुक्तानी लिन सकिने राष्ट्र बैंकले जानकारि दिएको छ ।

यसरी किन्न सकिन्छ बचतपत्र (आवेदन फारम भर्ने तरिकासहित)
वैदेशिक रोजगार खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकको वेवसाइट www.nrb.org.np अन्तर्गत monetary management भित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न सकिने व्यवस्था रहेको छ । वेबसाइटबाट फारम डाउनलोड गरी आफूलाई पायक पर्ने बिक्री एजेण्टको इजाजत पत्र लिएका बैंक तथा वित्तीय संस्थाहरूको सहयोग लिई अनलाइन आवेदन भर्न सकिन्छ । राष्ट्र बैंकबाट इजाजत पत्र लिएका बिक्री एजेण्टहरुको सूची बैंकको वेबसाइटबाट पनि हेर्न सकिन्छ ।

आवश्यक कागजात
बचतपत्र किन्नका लागि आवेदन दिँदा राहदानी, आफू कार्यरत रहेको देशको भिसा, कार्यरत कम्पनीको आधिकारिक परिचयपत्रको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरूप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए त्यस खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर राख्नुपर्नेछ । परिवारका सदस्यको नाममा किन्ने भएमा कसको नाममा किन्ने हो उसको नागरिकताको प्रतिलिपि र नाता प्रमाणित कागजात चाहिन्छ ।

नाबालकको नाममा संरक्षक भई खरिद गर्ने भएमा नाबालकको जन्म दर्ता प्रमाणपत्र आवश्यक पर्छ । काठमाडौंमा राष्ट्र बैंकको सम्बन्धित विभागमामा ०१४४१९८०४ नम्बरमा ८३५ एक्सटेन्सन नम्बर डायल गरेर थप जानकारि लिन सक्नुहुनेछ ।

यस्तो छ राष्ट्र बैंकमा सूचीकृत एजेण्टहरुको विवरण :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6