Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ अष्ट्रेलियामा फेरि बढ्यो ब्याजदर

अष्ट्रेलियामा फेरि बढ्यो ब्याजदर


सिड्नी/ अष्ट्रेलियामा बैंकहरुको ब्याजदर फेरि बढेको छ । आज केन्द्रिय बैंक रिजर्भ बैंक अफ अष्ट्रेलिया आरबिएले लगातार दशौ पटकब्याजदर बढाएको हो  । आज बसेको केन्द्रिय बैंकको बोर्ड बैठकले अफिसियल ब्याजदरमा ०.२५ प्रतिशत वृद्धि गरेको हो । यो वृद्धिसंगैकेन्द्रिय बैंकको ब्याजदर ३.६ प्रतिशत पुगेको छ ।

यहि दर अनुसार अन्य बैंकहरुले पनि आफ्नो व्याजदर बढाउने गर्छ । आरबिएले पछिल्लो १० महिनामा हरेक महिना एक पटक ब्याजदर बढाउदै आएको छ । १० महिनासम्म आरबिएको व्याजदर केवल ०.१प्रतिशत मात्र थियो ।

यो व्याजदर वृद्धिसंगै घर किन्न वा अन्य ऋण लिदा उपभोक्ताले तिर्नुपर्ने ब्याजदरको रकममा भारी वृद्धि भएको छ। एक तथ्यांक अनुसार व्याजदर बढ्नु अघि भन्दा अहिले ५ लाखको मोर्गेज तिर्दा उपभोक्ताले महिनाकै १ हजार डलर बढी व्याजदरकोरकम तिर्नुपर्ने भएको छ ।

वृद्धि भएको व्याजदर सन् २०१२ पछि कै सबैभन्दा धेरै हो । बढ्दो मंहगीलाई नियन्त्रण गर्न व्याजदर बढाएको आरबिएको भनाई छ ।


ट्याग : #cash, #rate, #Rba
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6