Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली र श्रीलंकन कामदार ठगिए, अदालत पुग्यो ठग कम्पनी विरुद्धको मुद्धा !

नेपाली र श्रीलंकन कामदार ठगिए, अदालत पुग्यो ठग कम्पनी विरुद्धको मुद्धा !


ब्रिजबेन । पाँच आप्रवासी क्लिनरहरूलाई कानुन अनुसार तलब सेवा सुविधा नदिएको भन्दै सिड्नीका तीन कम्पनी र पूर्व निर्देशकमाथी कानुनी कारबाही अघि बढाइएको छ । फेयरवर्क अम्बुडस्म्यानले कानुन अनुसार कामदारलाई तलब सेवा सुविधा नदिएको भन्दै संघीय अदलातमा मुद्धा दर्ता गरेको हो ।

पाँच जना क्लिनरहरूलाई स्वतन्त्र ठेकेदारको रूपमा गलत वर्गीकरण गरेर फेयर वर्क ऐनको छलपूर्ण करार प्रावधानहरू उल्लङ्घन गरिएको आरोप लगाउँदै दर्ता गरिएको मुद्धामा १ लाख २५ हजार ५६५ डलर बराबरको ठगी गरिएको अभियोग लगाइएको छ । अष्ट्रेलियामा विद्यार्थी भिसामा आएका र अध्ययनपछि वर्क भिसामा रहेका श्रीलंकाली र नेपाली कामदारले कानुन अनुसार तलब सेवा सुविधा नपाएको उजुरी, गुनासोसँगै अनुसन्धान थालिएको थियो । २०१८ को पे्रmब्रुअरी र २०१९ को अप्रिल बीचमा लगाइएको काममा सफाई गर्ने श्रीलंकाली र नेपाली कामदारमाथी ठगी गरिएको फेयरवर्क अम्बुडस्म्यानले गरेको अनुसन्धानबाट पुष्टि भएपछि कानुनी कारबाही अघि बढाइएको फेयर वर्क ओम्बड्सम्यान सान्ड्रा पार्करले जानकारि दिनुभयो ।

कानुन अनुसारको तलब, सुविधा नपाएका, जोखिममा परेका कामदारहरूको सुरक्षा, कानुन मिच्नेमाथी कारबाहीलाई फेयरवर्क अम्बुडस्म्यान प्रमुख प्राथमिकतासहित कानुनी कारबाही अघि बढाउने गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6