Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalविश्वकप क्रिकेट लिग टू मा नेपालको चमत्कारिक खेल, अब विश्वकप छनौट खेल्ने

विश्वकप क्रिकेट लिग टू मा नेपालको चमत्कारिक खेल, अब विश्वकप छनौट खेल्ने


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईलाई पराजित गर्दै नेपालले विश्वकप छनोट खेल्ने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा ९ रनले पराजित गरेर विश्वकप छनौटमा स्थान बनाएको हो ।

लिगको सुरुवातमा निरासाजनक खेल खेलेको नेपाली टोलीले पछिल्ला  ११ खेलमा चमत्कारिक जित निकाल्दै  जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै स्थान बनाउदा नेपालीहरु हर्षित बनेका छन् । युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदासम्म नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो । डीएलको आधारमा नतिजा तय गरिदा नेपाल ९ रनले विजयी भयो । नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भिम सार्की र गुलशन झाले अर्धशतकीय  इनिङ खेले । कुशलले ५० रन बनाए भने आरिफले ५२ रन बनाए । भिमले ६७ रनको योगदान दिदा गुलशन ५० रनमा अविजित रहे। कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा कुशल मल्ल ५ रनमा आउट भए । आसिफ शेख सुन्य रनमा पेभेलियन फर्किए भने दीपेन्द्र सिंह ऐरी १० रनमा अविजित रहे ।

युएईका जुनेद सिद्दिकीले ३ तथा आयान अफजल खानले २ र जाहोर खानले १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । एकदिवसीयमा नेपालविरुद्ध कुनैपनि टोलीले बनाएको यो सर्वाधिक ठुलो योगफल हो । यस अघि नेपालविरुद्ध पीएनजीले २ सय ९२ रन बनाएको थियो । युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र ४ चौकासहित अविजित १ सय १ रन बनाए । अरबिन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रनको अर्धशतकीय इनिङ खेले । रोहन मुस्तफा २० रनमा आउट भए । सिपि रिजवान ७, आर्यन लाक्रा ६ र आयन अफजल खान ३ रनमा आउट भए ।

नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले १/१ लिए । लिग टुमा खराब सुरुवात सहित सबैलाई निरास बनाएको नेपाली टोलीले लगातार चमत्कारिक  जित निकाल्दा सबै चकित बने ।

सन् २०१९ बाट सुरु लिग टूमा नेपालले ३६ खेलमा ४० अंक जोड्यो । र, नेपाल तेस्रो स्थानमा रहन सफल भयो । लिग टू को उपाधि स्कटल्याण्डले जित्यो । शीर्ष स्थानमा रहेको स्कटल्याण्डले ५० अंक जोडेेको छ। ओमान ४४ अंक जोडेर दोस्रो स्थानमा रहदै विश्वकप छनोटमा पुगेको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6