Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविदेशबाट यसरी जोडिनसकिन्छ सामाजिक सुरक्षा कोषमा, यस्ता छन फाईदा

विदेशबाट यसरी जोडिनसकिन्छ सामाजिक सुरक्षा कोषमा, यस्ता छन फाईदा


काठमाडौं । अब बैदेशिक रोजगारिमा रहेका नेपालीहरुले सामाजिक सुरक्षा कोषमा सहभागि भएर लाभ लिन पाउने भएका छन् । नेपालमा केही वर्षदेखी कार्यान्वयनमा रहेको सामाजिक सुरक्षा कोषमा मार्च २२ बाट विदेशमा श्रम पोखिरहेका नेपालीहरुले समेत खाता खोल्न पाउने भएका हुन ।

सामाजिक सुरक्षा कोषबाट यस्तो हुनेछ लाभ
यो कोषमा जोडिएकाहरुले महिनामा नेपाल सरकारले तोकेको न्यूनतम तलबको २१ दशमलब ३३ प्रतिशत अर्थात २ हजार २ रुपैया वा अधिकतमतर्फ न्यूनतम पारिश्रमिकको तीन गुणासम्म राख्नसक्नेछन् । यो वापत ६० वर्ष कटेपछि आजिबन पेन्सन, अंगभंग भएमा तलबको ६० प्रतिशत, काम गर्न नसक्ने भएमा ६० प्रतिशत आजिवन भत्ता, लाभग्राहीको ज्यान गएमा परिवारका सदस्यले न्युनतम तलबको ४० प्रतिशत, १८ वर्ष नपुगेको बच्चाको पठनपाठनमा तलबको ४० प्रतिशत सहयोग पाइनेछ । बैदेशिक रोजगारीमा जानेहरुलाई अनिवार्य गरिएको छ ।

विदेशमा काम गर्ने नेपालीलाई पेन्सन र पैसा दिने व्यवस्थाका रुपमा समेत यो कोषलाई हेरिएको छ । यो सुविधालाई सञ्चय कोष र बिमा सुविधाका रुपमा समेत कतिपय अर्थविद्ले ब्याख्या गरेका छन् । सामाजिक सुरक्षा कोषका सह प्रवक्ता रोहित रेग्मीले सामाजिक सुरक्षा कोष सबैका लागि लाभदायी हुने भएकाले सबै मिलेर यो अभियानलाई सफल बनाउनुपर्ने बताउनुभएको छ ।

कसरी जोडिने त सामाजिक सुरक्षा कोषमा ?
सबैभन्दा पहिलो सामाजिक सुरक्षा कोषको वेबसाइट https://ssf.gov.np/ मा जाने, यसपछि दायाँतर्फ नेपाली झण्डा समेत राखिएको स्थानको एसओएसवाईएस अनलाईन लेखिएको लिंक खोल्ने । यसपछि खुल्नेछ https://sosys.ssf.gov.np/ यो वेबसाईट लिंक यसको बाँयातर्फको माथिल्लो भागमा राखिएको वैदेशिक रोजगारी सूचिकरण मा क्लिक गरेपछि नयाँ दर्ता लेखिएको विवरण देखिन्छ, यसमा क्लिक गरेपछि खुल्छ सामाजिक सुरक्षा कोषमा जोडिन भर्नुपर्ने फारम ।

फारमको क्याटोगोरीमा माइग्रेन्ट छनौँट गरेपछि सब क्याटोगोरीमा कामदारका रुपमा कार्यरत रहेमा वर्कर र आफै कुनै व्यवसायमा रहेमा सेल्फ इम्प्लोइड भर्नुपर्छ । यसपछि फारममा राखिएका सबै विवरण क्रमश भर्नुपर्नेछ । यो फारम भर्दा, राहदानी र नेपाली नागरिकताको पीडिएफ र बिवरण अनिवार्य राख्नुपर्ने हुन्छ । सबै विवरण भरेर समिट गरेपछि फारममा राखिएको इमेल ठेगानामा स्विकृत भएको बिवरणसँगै सामाजिक सुरक्षा नम्बर, युजर नाम र पासपोर्ट प्राप्त हुनेछ । यसपछि पैसा जम्मा गरेर सामाजिक सुरक्षा कोषको सेवा सुविधा प्राप्त गर्न योग्य भइनेछ ।

आवश्यक परामर्श र सहयोगका लागि विदेशका ८० बढी देशमा क्रियाशिल गैह्रआवासिय नेपाली संघ एनआरएनए कमिटी, कोषको कल सेन्टर नं. : ०१–५९७००१६, कल सेन्टर हटलाइन नं. : १११६ मा २४ सैँ घण्टा सम्पर्क गर्न सकिनेछ । यस्तै जानकारिका लागि info@ssf.gov.np इमेल मार्फत र सुचिकरण सहयोगका लागि regsupport@ssf.gov.np मा इमेल लेख्न सक्नुहुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6