Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली कम्पनीको हाईब्रिड फ्लोरिङ अष्ट्रेलियामा हत्तपत्त आगोले नछुने, ३० प्रतिशत सस्तो

नेपाली कम्पनीको हाईब्रिड फ्लोरिङ अष्ट्रेलियामा हत्तपत्त आगोले नछुने, ३० प्रतिशत सस्तो

हातको चोटले जन्मिएको व्यवसाय


मेलवर्न/ नेपालीले संचालन गरेको गोरखा फ्लोरिङले बजारको माग अनुसार हाईब्रिड फ्लोरिङ बजारमा ल्याएको हिजो मेलवर्नमा एक समारोहमा ढुंगा प्लाष्टिकबाट बनेको एसपिसी प्रविधीको फ्लोरिङ सार्वजनिक गरिएको हो । कार्यक्रममा गोरखा फ्लोरिङका संचालक रमेश श्रेष्ठले लकिङ सिष्टम समेत भएको उच्च गुणस्तरको यो फ्लोरिङ अन्यभन्दा ३० प्रतिशत कम मुल्यमा उपभोक्ताले किन्न सक्ने बताउनुभयो

ढुंगा प्लाष्टिकको मिश्रण भएकाले यो फ्लोरिङलाई हत्तपत्त आगोले नछुने कोरिएको दाग नबस्ने श्रेष्ठको भनाई त्यस्तै केहीदागधब्बा लागेपनि सजिलै सफा हुने तथा पानीले समेत खासै असर नगर्ने यस फ्लोरिङको विशेषता भएको उहाँको दाबी

आगोले पोलेर देखाउदै गोरखा फ्लोरिङका प्रतिनिधी

त्यस्तै यो फ्लोरिङमा २५ वर्षको वारेन्टी समेत दिईएको  । फ्लोरिङ क्षेत्रमा लामो समय काम गरिरहनु भएका रमेशले आफ्नी श्रीमती शुभ श्रेष्ठसंग मिलेर लकिङ प्रविधीको हाईब्रिड फ्लोरिङको डिजाईन गरेको हो

आफ्नै उत्पादन गुणस्तरमा सम्झौता नगरेका कारण यस फ्लोरिङ औपचारिक रुपमा सार्वजनिक नहुदै एउटा कनसाईनमेन्ट बिक्रीभईसकेको श्रेष्ठको भनाई

मेलवर्नको कार्यक्रममा रियल स्टेट, बिल्डर्स शुभचिन्तकहरुको माझ यो फ्लोरिङ सार्वजनिक गरिएको हो कार्यक्रममा सहभागीहरुलेसफलताको शुभकामना दिएका थिए

हातमा चोट लागेपछि बने उद्योग मालिक

कार्यक्रममा नयाँ फ्लोरिङका बारेमा घोषणा भईरहदा धेरैको आखा रसाएको थियो  रमेश श्रेष्ठले कार्पेट क्लिनर भएरकाम गर्दा हातमा लागेको चोटको फोटो देखाउदै विद्यार्थीकालको संघर्ष सुनाउदा धेरैको मन भारी भएको थियो कार्पेट क्लिनिङ गरेकोअनुभव केही गर्छु भन्ने दृढ संकल्पका कारण गोरखा फ्लोरिङ जन्मिएको रमेशको भनाई थियो क्लिनिङ गर्दा हातमा चोट लागेर कामगर्न नसकेपछि फ्लोरिङको व्यवसाय गर्ने सोच पलाएको रमेशको भनाई

हातमा लागेको चोट देखाउदै रमेश

‘एकातिर काम गर्न नसकिने अर्को तिर सानो बच्चा साथमा’-रमेशले भने -‘यस्तो बेलामा के गर्नै सोच्न सकिरहेको थिईन ।’ आफैले जानेको सिप प्रयोग गर्न मिल्ने फ्लोरिङको व्यवसाय गर्ने सोच आयो’ – रमेश भन्छन् – ‘तर बजारमा स्थापित कम्पनीहरुसंग प्रतिष्प्रधा गर्न सजिलो थिएन ।’  तर, लगन, मेहनत, ईमान्दारिता केही गर्ने हुटहुटीले व्यवसायले सफलता पाउदै गएको रमेशको भनाई । ड्यानी श्रेष्ठ र अच्युत खड्का जस्ता साथी तथा श्रीमती र दाई लोकेन श्रेष्ठको साथले व्यवसाय हुर्काउन थप मद्दत पुगेको रमेशको भनाई छ । गोरखा फ्लोरिङको हाल मेलवर्न र पर्थमा स्टोर छ ।

श्रीमती शुभका साथमा रमेश

अर्गाखाँचीमा जन्मिएर बुटवलमा हुर्किएका रमेश सन् २००८ मा अध्ययनका लागि अष्ट्रेलिया आएका थिए । दुई सन्तान र एक श्रीमतिसंग सहित मेलवर्नमा बस्दै आएका रमेश सफा मनका धनी छन् ।


ट्याग : #Australia, #Gorkha flooring, #Melbourne, #nepali
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6