Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजबेनमा नेपाली युवाबाट एक नेपाली युवतीकै १८ हजार डलर ठगी, यस्तो छ ठगीको घटना !

ब्रिजबेनमा नेपाली युवाबाट एक नेपाली युवतीकै १८ हजार डलर ठगी, यस्तो छ ठगीको घटना !


ब्रिजबेन । परदेशमा नेपाली भेटिने वित्तिकै तपाई हामी जो कोहिलाई आफन्त नै भेटिएको अनुभुति हुन्छ । अनि नेपाली भन्ने वित्तिकै आत्मियता बढ्छ । तर अब भने हरेक व्यक्तिसँग सचेत बन्नुपर्ने जमाना आएको छ ।

अष्ट्रेलियाको ब्रिजबेनमा साथीको साथी भन्दै सम्पर्कमा आएका एक युवाले एक सोझी युवतीमाथी १८ हजार डलर ठगी गरेका छन् । २० हजार अष्ट्रेलियन डलर सापटी दिन्छु भन्दै सम्पर्कमा आएका ठग यवाले अझ ४० हजार डलर बैंकबाट ऋण लिएको भन्दै धम्क्याएर थप असुली गर्न खोजेपछि पीडित युवती नेपाल ट्युब अष्ट्रेलियाको सम्पर्कमा आएकी हुन । यो घटनाले कसैले पैसा सापट दिन्छु भन्ने प्रलोभनमा नपर्न र भिजा, पासपोर्ट लगायतका व्यक्तिगत कागजात कसैलाई सेयर गर्नुहुन्न भन्ने सन्देष दिएको छ । १८ हजार अष्ट्रेलियन डलर ठगी गरेका र थप असुलीका लागि धम्क्याइरहेका युवामाथी प्रहरी र स्क्याम वाचमा उजूरीको दिने तयारीमा रहेकी छिन ।

कसरी भयो त ठगी ?
साथीको साथी भन्दै सम्पर्कमा आएका युवाले सुरुवातमा २० हजार डलर सापटीको प्रलोभन देखाउँछन । यसका लागि के गर्नुपर्छ भन्दै नजिकिएकी युवतीलाई उनै युवाले कुनै बैंकमा गएर ५ डलरको चेक किन्न र कमनवेल्थ बैंकमा गएर डिपोजिट गर्न सुझाब दिन्छन । मेसिनमा गएर २० हजार डलर विवरण राखेर चेक जम्मा गर्न भनिए अनुसार ती युवतीले डिपोजिट समेत गर्छिन । एक पटक गलत विवरण भरेको समेत गरेर दुई पटक २० २० हजार गर्दै जम्मा गरिएपछि खातामा एकछिन ४० हजार देखिन्छ । चेकमा १० डलर मात्रै भएकाले बाँकी ४९ हजार ९० लोन लिएको भन्दै तीनै ठग युवाले धम्की दिन थाल्छन । ठग युवाको आग्रह अनुसार पेट्रोल पम्पबाट भौचर लिएर महिनौँसम्म गरेर १० हजार डलर युवतीले पठाउँछिन । युवतीलाई कोल्समा गएर पर्सनल लोन लिन भन्दै पासपोर्ट, भिष सबै लिएर ८ हजार लोन स्विकृत गराई सो रकम समेत ती ठगले आफैले लिएको पीडितको गुनासो छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6