Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालमा सत्ता र कमिशनको चक्कर, विदेशमा मर्दापर्दा यसरी एकजुट हुन्छन नेपाली !

नेपालमा सत्ता र कमिशनको चक्कर, विदेशमा मर्दापर्दा यसरी एकजुट हुन्छन नेपाली !


काठमाडौं । आर्थिक मन्दीको चपेटामा परिरहेको नेपाललाई कसरी अघि बढाउने, महंगी नियन्त्रण गरेर जनताका जनजीविकालाई कसरी सहज बनाउने भन्दा नेपालमा कम्फर्टेबल सत्ता कसरी बनाउने भन्नेमा नेता र सांसदहरुको ध्यान केन्द्रीत देखिएको छ । तर विदेशमा रहेका नेपालीहरु भने एक अर्काका समस्या र उत्सवमा सहकार्य र हातेमालो गरिरहेका छन् ।

सरकार बनेको दुई महिना पुग्दा नपुग्दै विशिष्ट पदहरुको भागबण्डाको रस्साकस्सीले सत्ता गठबन्धन फेरिएको छ । सत्ता गठबन्धनबाट केपी शर्मा ओली नेतृत्वको एमाले र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा बाहिरिदा ठूलो दल भएर छट्टपाटाई रहेको शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस र सत्ताकै लागि एमाले फुटाएर माधवकुमार नेपाललले गठन गरेको नेकपा एकिकृत समाजवादी यतिबेला सत्ता साझेदारका रुपमा सरकारमा प्रवेश गर्ने तरखरमा छन् । भागबण्डामा चलेको हानाथापले महिनादिन पुग्दासम्म गृह, अर्थ, कानुन न्याय तथा संसदीय मामिला लगायतका महत्वपूर्ण मन्त्रालयले मन्त्री पाउन सकेका छैनन ।

जनता मिटरब्याजको पासोमा फिल्सिदा, बैंकको चर्को ब्याजको ऋणले छट्पटाउँदा, दिनरात सबैलाई चकित बनाउँदै बिचौलियाले चलाएको बजारमा हरेक खाद्यवस्तुमा महंगीको मारले पिरोल्दा हेरिदिने, नागरिकलाई ढाडस दिनेतर्फ सरकार र सरकारी सरोकारवालाहरुलाई कत्तिपनि मतलब छैन । यसले नेपाली नेपाली बीचको सामाजिक सद्भाव, भाईचारा समेत खल्बलाएको छ ।

नेपालमा पनि यसबाट केही सिक्ने कि
नेपालमा सामाजिक सद्भाव, सहकार्यको भावना हट्दै घट्दै गर्दा विदेशमा पुगेका नेपालीहरु भने एउटै समुदायका रुपमा मर्दापर्दा हरेक समस्या समाधानमा, उत्सब पर्वहरुमा एक भएर सामाजिक सद्भाव र सहकार्यको सन्देष बाढिरहेका छन् । अष्ट्रेलियामा मात्रै पछिल्लो २ महिनामा भएका दुई घटनामा जुटेको सहयोग र सहकार्यले नेपालका नेताहरुलाई समेत केही सन्देष बाढेको छ । ८ महिना टीभी रोगको उपचार गरेर कोठामा बस्दैआएका रुपेश दोङलाई औषधी उपचार र भाडा तिर्न न्युसाउथ वेल्सको एनआरएन, मकवानपुर समाज अष्ट्रेलिया र तामाङ सोसाईटी न्यु साउथ वेल्सले हातेमालो गरे । केही दिनमै ४ सय सहयोगीमार्फत साँढे १२ हजार डलर सहयोग जुट्यो । यसले अहिले उपचाररत दोङ र कुरुवा आमालाई सहयोग मिलेको छ ।

अर्को घटना थियो २ महिना अघि सिड्नीमा भेटिएको बेवारिसे शवको घटना । पोखराका राजु गोदारको शव पहिचान भएपछि अन्तिम संस्कार र परिवारलाई सहयोग गर्न पोखरा समाज अष्ट्रेलिया र एनआरएनए न्यु साउथ वेल्सले सहयोग संकलन अभियान थाले । केही दिनमै गोफण्ड मी मार्फत ३७ सय डलर र खातामा १२ हजार हाराहारी संकलन भयो । करिब ३३ सय डलर खर्चेर गोदारको अन्तिम संस्कार पुरा भएको छ भने बाँकी करिब साँढे १२ हजार परिवारलाई नेपाल पठाउने तयारी भैरहेको छ ।

संसारका विभिन्न कुनामा छरिएर रहेका नेपालीहरुको यो आत्मियता, भाइचाराबाट नेपालमा सत्ताको झिनाझम्टीमा रुपलिएका नेता, अनि तिनै नेताहरुको वरिपरि घुम्ने कार्यकर्ता, बुद्धिजिवि, सामाजिक अभियन्ता भन्नेहरुले केही पाठ सिक्ने कि ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6