Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअमेरिकी पूर्वराष्ट्रपति ट्रम्प प्रहरी हिरासतमा, यस्ता छन पक्राउ पर्नुपर्ने अभियोग र कारण !

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प प्रहरी हिरासतमा, यस्ता छन पक्राउ पर्नुपर्ने अभियोग र कारण !


काठमाडौं, एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ पर्नुभएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार औपचारिक रुपमा गिरफ्तार गरिएको भएपनि ट्रम्पलाई हतकडी नलगाइएको बताइएको छ ।

प्रहरी हिरासतमा राखिएसँगै अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पहिलो पूर्वराष्ट्रपति बन्नुभएको छ । मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गर्नुभएका ट्रम्प दिउँसो १ बजेपछि ट्रम्प टावरबाट निस्किएर अदालततिर आउनुभएको थियो । अदालतभित्र छिरिसकेपछि अधिकारीहरूसमक्ष आत्मसमर्पण गरेको बताइएको छ । आत्मसमर्पणपछि मात्रै मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढेको थियो । ट्रम्पमाथि ३४ आरोप लागेका छन् । यद्यपि आफूमाथि लागेका आरोप अमेरिकी पूर्वाराष्ट्रपति ट्रम्पले अस्वीकार गर्दै आउनुभएको छ ।

यस्ता छन ट्रम्पमाथीका अभियोग
ट्रम्पविरुद्ध व्यवसायिक धोखाधडीसँग सम्बन्धित अभियोग लागेका छन् । आफूसँगको अनुचित सम्बन्ध सार्वजनिक नगर्न पूर्वपोर्न स्टार स्टोर्मी ड्यानियल्सलाई कानुन व्यवसायीमार्फत १ लाख ३० हजार डलर दिएको प्रमुख अभियोग छ। अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात लुकाएको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लगाइएको छ । तर अभियोगपत्र सार्वजनिक गरिएको छैन।

आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा पुनः प्रतिष्पर्धा गर्ने घोषणा गरिसक्नुभएका ७६ वर्षीय ट्रम्प फौजदारी अभियोग लाग्ने पहिलो अमेरिकी पूर्वराष्ट्रपति बन्नुभएको छ । ट्रम्पले आफूविरुद्धका आरोप राजनीतिक उत्पीडन र निर्वाचनमा गरिएको इतिहासकै उच्चतम् हस्तक्षेप भएको जिकिर गर्दैआउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6