Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsराष्ट्रपति रामचन्द्र पौडेललाई एयर एम्बुलेन्समार्फत भारत लगियो, एम्स अस्पतालमा उपचार

राष्ट्रपति रामचन्द्र पौडेललाई एयर एम्बुलेन्समार्फत भारत लगियो, एम्स अस्पतालमा उपचार


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ। स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा लगिएको हो ।

मंगलबार बेलुकी महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भए पछि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएका पौडेललाई चिकित्सकको परामर्शमा थप उपचारका लागि श्री एअरलाइन्सको एयर एम्बुलेन्समार्फत भारत लगिएको छ । भारत लैजाने क्रममा राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि साथमै लगिएको छ । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल चैत १८ मा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर डिस्चार्ज हुनुभएको थियो । बेहोस भए पछि फलोअपका लागि सोमबार पुनः अस्पताल पुगेका पौडेलको इन्फेक्सन नघटेको पाइएपछि त्रिवि शिक्षण अस्पतालका चिकित्सकले नर्भिक अस्पतालका डा. रोशन शर्मा, दिनेश राई लगायतको टोलीसँग राष्ट्रपति पौडेलको स्वास्थ्यबारे परामर्श गरेको थियो । चिकित्सकहरुको परामर्शमै पौडेललाई भारत लैजान भनिएको थियो ।

त्रिभुवन अन्तरराष्ट्रीय विमानस्थलमा राष्ट्रपति पौडेललाई बिदा गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद र भारतीय राजदूत नवीन श्रीवास्तव पुगेका थिए । पौडेलको उपचार नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) अस्पतालमा हुने राष्ट्रपति सचिवालयले जानकारि दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6