Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalभूटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँडसहित १२ पक्राउ, पूर्वमन्त्रीसहित ९ जना खोल्दै प्रहरी !

भूटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँडसहित १२ पक्राउ, पूर्वमन्त्रीसहित ९ जना खोल्दै प्रहरी !


काठमाडौं । संगठित रुपमा अबौँको ठगी भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ थमाएर काठमाडौं मैजुबहालस्थित घरबाटै पक्राउ गरेको छ । अदालतबाट पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिँदा सूचना चुहिएर भाग्न सक्ने स्थिति देखिएपछि जरुरी पक्राउ पूर्जी दिएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले जानकारि दिनुभएको हो ।

पूर्वगृहमन्त्री खाँणले प्रहरी पक्राउ गर्न आउला भन्ने छनक समेत पाउनुभएको थिएन । परिस्थिति सहज भएपछि यस विषयमा बाहिर बताउने तयारीमा रहेका खाँड एक्कसी प्रहरी पुग्दा हडबडाउनुभएको थियो । प्रहरीले ‘केही विषयमा सोधपुछ गर्न’ भन्दै टेकु जानुपर्ने भनेर पक्राउ गरेको थियो । बुटवलमा रहेका खाँण मंगलबार मात्रै काठमाडौं आइपुग्नुभएको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै अबौं असुली गरेको गिरोहलाई नीतिगत निर्णय गराउन खाँणले केही आर्थिक लाभ लिएर सहयोग गरेको बयानका आधारमा पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताउनुभएको छ । खाँणलाई आर्थिक सहयोग गरेको बारे यसअघि पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयान दिएका थिए । खाँण पक्राउ गरेलगत्तै जडिबुटीबाट उनका तत्कालिन समयमा स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले जरुरी पूर्जी थमाएको थियो । बुधबार जिल्ला अदालत, काठमाडौं उपस्थित गराएर हिरासतमा राख्न म्याद लिइएको छ ।

प्रहरीले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई, २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए । पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् । मंगलबार मात्रै प्रहरीले रकम असुलीको आरोपमा गोविन्द चौधरी र रामशरण केसीलाई पक्राउ गरेको छ ।

यही प्रकरणमा नेकपा एमालेका सचिव एवं पूर्वऊर्जामन्त्री रायमाझी फरार छन् । पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पूर्जी प्रहरीले लिएपनि पक्राउ गर्न सकेको छैन । अन्य बिचौलियासहित ९ जना फरार रहेको र केही बिचौलिया र भाआईपीमाथी अनुसन्धान अघि बढेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6