Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलबर्नमा सडक दुर्घटनामा परेर नेपाली युवाको निधन,अनुसन्धान गर्दै प्रहरी

मेलबर्नमा सडक दुर्घटनामा परेर नेपाली युवाको निधन,अनुसन्धान गर्दै प्रहरी

२ दिनमात्रै ४ नेपाली नागरिकले अष्ट्रेलियामा गुमाए ज्यान


मेलबर्न । अष्ट्रेलियाको मेलबर्नस्थित ६० कोल्याकमा बसोबास गर्दै आउनुभएका ३० वर्षीय प्रमोद आचार्यको सडक दुर्घटनामा परेर निधन भएको छ । ल्याब टेक्नीसियनका रुपमा कृषि फर्ममा काम गर्ने प्रमोद चढेको कार प्रिन्सेस हाईवेको कोला पम्बरनेट रोडमा दुर्घटनामा परेको हो ।

बुधबार साँझ करिब साढे ६ बजे भएको दुर्घटनामा प्रमोदको कार ट्रकसंग ठोक्किएकाे थियो । दुर्घटनामा परेको अर्को ट्रकका चालक सकुशल रहेको भएपनि प्रमोदको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको हो । अष्ट्रेलियाका रिजनल बाटोहरुमा कोयला वा कंगारु अचानक आउँदा त्यसलाई बचाउने क्रममा दुर्घटना हुने गरेका छन् । प्रहरीले घटनाका प्रत्यक्षदर्शीहरु वा त्यस बाटोबाट ओहोर दोहोर गरेका अन्य सवारीसाधनलाई आफ्नो गाडीमा भएको ड्यासक्याममा केही गतिविधि कैद भएको भए सम्पर्क गर्न अनुरोध गरेको छ ।

सिड्नीमा बस्दै आएका प्रमोद केही समय अघि स्थायी बसोबासका लागि कामको चाँजो मिलाएर रिजनल भिक्टोरियाको कोल्याक सर्नुभएको थियोे। स्थानीय क्याम्परटाउनमा रहेको एसटी जेनेटिक्समा काम गर्ने उहाँ  कोल्याकमा अवस्थित अष्ट्रल होटलमा समेत पार्ट टाईम काम गर्नुहुनुुन्थ्यो ।

प्रहरीले दुर्घटनाको विषयमा मेलबर्न र सिड्नीमा रहेका प्रमोदका आफन्तजनलाई खबर गरिसकेको छ । नेपालस्थित चितवन घर भएका प्रमोद आफ्नी श्रीमतीका साथ अष्ट्रेलिया बस्दै आउनुभएको थियो ।

केहिदिनअघि मेलबर्नमै सडक दुर्घटनामा परेर नेपाली दम्पतीले ज्यान गुमाएका थिए । आज बिहान मात्रै ब्रिजबेनको नन्दा क्षेत्रमा एक नेपाली युवा मृत अवस्थामा भेटिएका थिए ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6