Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदुवै खुट्टा गुमाएका पूर्वब्रिटिस गोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरोमा, राखे विश्व रेकर्ड !

दुवै खुट्टा गुमाएका पूर्वब्रिटिस गोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरोमा, राखे विश्व रेकर्ड !


काठमाडौं । पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । वसन्त ऋतुको जारी आरोहणका क्रममा बुढामगर यही जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुग्नुभएको हो ।

सफल आरोहणसँगै पूर्वगोर्खा सैनिक बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड आफ्नो नाममा दर्ता गराउनुभएको छ । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले सगरमाथा आरोहण गर्नुभएको छ । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाउनुपरेको थियो । बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गर्नुभयो । बेलायती सेनामा भर्ना हुनुअघिदेखी नै सगरमाथा आरोहण गर्ने सपना बोक्नुभएका बुढामगरले सगरमाथाको चुचुरोमा पुगेपछि खुसीका साथ जोडले चिच्चाउँदै भन्नुभएको थियो, ‘हामी सफल भयौं ।’ हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा पुग्नुभएको थियो । थापाले ब्रिटिसको स्पेशल एअर सर्भिस (एसएएस) को माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गर्नुभएको थियो । सफल आरोहणपछि स्याटलाइट फोनमार्फत बुढामगरले जतिसुकै दुःख भए पनि अन्ततः हामी सफल भएको जवाफ दिनुभएको थियो ।

बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण भएको बताउनुभएको छ । सगरमाथाको आरोहणपूर्व पूर्वगोर्खा सैनिक बुढामगरले मोन्ट ब्लाङ्क (चार हजार आठ सय १० मिटर), चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँच हजार आठ ९५ मिटर) र मेरापिक (छ हजार चार सय ७६ मिटर)लगायतका आरोहण गरिसक्नुभएको छ । सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि बुढामगरको नाममा यसअघि नै कायम भएको छ ।

यस्तै, यसअघि दुवै खुट्टा गुमाएका दुई जनाले सगरमाथा आरोहण गरिसक्नुभएको छ। यस वर्षको वसन्त ऋतुमा साढे चार सय जनाभन्दा धेरैले सगरमाथा आरोहण गरिसकेको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिनुभएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सय ७८ जनाले अनुमति लिएका छन् । अनुमति लिएका आरोहीले कम्तीमा एक जना आरोहण सहयोगी लैजाने भएकाले आरोहण गर्न जानेको सङ्ख्या अनुमति लिनेको भन्दा दोब्बर बढी हुनेगरेको छ ।

यस वर्ष मात्रै सगरमाथा आरोहणका क्रममा ११ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ११ जनाको शव उद्धार भइसकेको र दुई जना हराइरहेको पर्यटन विभागले जानकारि दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6