Thursday, 23 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजलवायुजन्य प्राकृतिक विपत्ति : ५० वर्षमा विश्वभर २० लाख बढीको मृत्यु !

जलवायुजन्य प्राकृतिक विपत्ति : ५० वर्षमा विश्वभर २० लाख बढीको मृत्यु !


काठमाडौं । जलवायुजन्य प्राकृतिक विपत्तिका कारण गएको ५० वर्षमा विश्वभर २० लाख जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । राष्ट्र सङ्घको मौसमसम्बन्धी सङ्गठन डब्लूएमओले सार्वजनिक गरेको एक प्रतिवेदनले सन् १९७० देखि २०२१ सम्ममा ११ हजार सात सय ७८ वटा ठूला जलवायुजन्य प्राकृतिक विपत्तिका घटना हुँदा २० लाख जनाभन्दा धेरैको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको हो ।

डब्लूएमओले विपत्तिका यी घटनाबाट चार खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा आँधी, मुसलधार वर्षापछि बाढी–पहिरो, हिमपहिरोलगायतका घटनाहरू बढिरहेको उल्लेख समेत गरिएको छ । संयुक्त राष्ट्र सङ्घले ुमोकाु नामको आँधीले बङ्गलादेश र म्यान्मारमा मानवीय क्षति पुर्‍याएको घटनालाई उदाहरणका रुपमा उल्लेख गरेको छ ।

युरोपेली मुलुकमा व्यहोर्नुपरेको खडेरीका कारण भएका घटनालाई भने यो प्रतिवेदनमा समेटिएको छैन । जलवायुजन्य विपत्तिहरूमध्ये झन्डै ९० प्रतिशत घटना विकासशील देशले भोग्नुपरेको डब्लूएमओको प्रतिवेदनमा उल्लेख छ । समाचार श्रोत : अलजजिरा



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6