Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट पक्राउ परेकाहरुको अदालती बयान !

नक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट पक्राउ परेकाहरुको अदालती बयान !


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर अनुसन्धानमा तानिएकाहरुसँग आजदेखि अदालतमा बयानको प्रक्रिया सुरु हुने भएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने नाममा अर्बौं ठगि भएको अभियोगमा गत चैत १३ गतेदेखि पक्राउ परेकाहरूको अदालती बयान सुरु गर्न लागिएको हो ।

संगठित ठगिको यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायत १६ जना पक्राउ परेका छन् । बाँकी १४ जनालाई फरार प्रतिवादीका रुपमा अदालतमा मुद्धा दर्ता गरिएको छ । गत सोमवार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाए पछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौँमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्दा दर्ता गरेको छ ।

राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते, ठगीलगायतका आरोपसहित मुद्दा दर्ता गराएको दुईदिनपछि अर्थात शुक्रवारदेखि अदालत बयान लिन लागिएको हो। अन्य अनुसन्धानका प्रक्रियामा अघि बढ्न प्रहरीलाई राय दिएर सरकारी वकिल कार्यालमार्फत अदालत पुगेको मुद्धाको अनुसन्धान कसरी अघि बढ्छ । संगठित ठगी प्रकरणमा जोडिएका सबै अनुसन्धान र कारबाहीको दायरामा आउछन वा अनुसन्धान बिचैमा तुहिन्छ ? चासोका साथ नागरिकस्तरमा र राजनीतिक बृत्तमा समेत प्रतिक्षा भैरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6