Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनन्द गुरुङले छोडेको समुहको नेतृत्वमा पुगे स्वतन्त्र उमेद्वार मोहन भट्ट

नन्द गुरुङले छोडेको समुहको नेतृत्वमा पुगे स्वतन्त्र उमेद्वार मोहन भट्ट


सिड्नी
चुनाव आउनु अन्तिम समयमा नन्द गुरुङले अध्यक्षको उमेद्वारी फिर्ता लिएपछि उनको समुह अन्यौलमा परेको थियो । अध्यक्षको उमेद्वारी फिर्ता भएपछि प्राजातान्त्रिक विचारधारा बोक्ने दावी गर्ने समुहका उमेद्वारहरु प्रतिष्ठाको लडाई भन्दै चुनावमा भाग लिने तयारीमा जुटेका थिए ।

चुनावी मेलमिलापका क्रममा समुहले स्वतन्त्र रुपमा न्यु साउथ वेल्स राज्यको संयोजक तथा उपाध्यक्षको पदमा उमेद्वारी दिएका मोहनदेव भट्टलाई समेत साथमा लिन सफल भएको छ । यो समुहले स्वतन्त्र उमेद्वार भट्टसंग चुनावमा सहकार्य गर्ने सहमति गरेको हो ।
भट्टले यो समुहको नेतृत्व गर्ने बताइएको छ ।

“हामी टाउको बिहिन भएका थियौ”- केन्द्रिय सचिवका उमेद्वार सरोज पाण्डेले भने -“अब हामी मोहन भट्टज्युको नेतृत्वमा झनै शसक्त भएर चुनाव लड्छौ । र यो हाम्रो प्रतिष्ठाको लडाई पनि हो ।”

न्यु साउथ वेल्स राज्यमा राम्रै पकड बनाएका भट्ट नेपाली राजनीतिक दलको प्रभावबाट गैर आवासिय नेपाली संघ मुक्त हुनुपर्छ भन्दै स्वतन्त्र उमेद्वारका रुपमा मैदानमा थिए । खासगरी एनआरएनएको मुलधारबाट टाढा रहेका ठुलो तप्काले भट्टलाई साथ दिएको छ ।

स्वतन्त्र उमेद्वार भएर पनि अन्य समुहको नेतृत्व लिन मिल्छ ? भन्ने प्रश्नमा मोहन भट्ट भन्छन् – “उहाँहरु कुनै राजनीतिक विचार बोक्ने प्यानल होइन रहेछ । त्यसमाथीे मैले समाजका लागि अघि सारेका एजेण्डाहरुमा उहाँहरुले सहमति जनाउनुभयो । अब समाजको हितका लागि केही गरौ भन्ने युवाहरुसंग हातेमालो गर्दा के फरक पर्छ र ? “

आफु कुनै राजनीतिक विचारधार भन्दा पनि समाजमा केही गरौ भनेर एनआरएनएमा होमिएको भट्टको भनाई थियो ।
गुरुङले छोडेको समुहमा केन्द्रिय महासचिव, सचिव, कोषाध्यक्ष र युवा संयोजक गरि २८ जना उमेद्वार छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6