Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता हुँदै, यस्तो छ कारवाहीको माग दाबी !

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता हुँदै, यस्तो छ कारवाहीको माग दाबी !


काठमाडौं । तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध बाल सैनिक प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले पूर्व बाल सैनिक लेनिन विष्टले ल्याएको रिट दर्ता गर्न आदेश दिएको हो ।

पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारवाही गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेपनि उक्त रिट दरपीठ भएको थियो । विष्ट दरपीठविरुद्ध सर्वोच्च पुगेको थिए । उक्त रिट दर्ता गरेर प्रक्रियामा लैजान आदेश दिइएको छ ।

विष्टले आफ्नो रिटमा तत्कालीन नेकपा माओवादीको नेतृत्वकर्ताहरु पुष्पकमल दाहाल (प्रचण्ड), डा.बाबुराम भट्टराई लगायतका नेताविरुद्ध बाल सैनिक प्रयोग गरिएको भन्दै कारवाहीको माग गरेका छन् । बाल सैनिक प्रयोग, बर्हिगमित लडाकुको पैसा हिनामिना र जनयुद्धका नाममा उपयोग गरेर पछि बेवास्ता गरिएको भन्दै विष्ट माओवादी नेतृत्वप्रति रुष्ट बन्दैआएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6