Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaडार्बिनमा नेपालको झल्को, प्रकाश सपतुको भब्य प्रस्तुतीमा रमाउँदै युवायुवतीदेखी बृद्धबृद्धासम्म !

डार्बिनमा नेपालको झल्को, प्रकाश सपतुको भब्य प्रस्तुतीमा रमाउँदै युवायुवतीदेखी बृद्धबृद्धासम्म !


डार्बिन,अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीको अयोजनामा डार्विनको वाटरफ्रन्टमा आज भब्य रुपमा ‘नेपाल महोत्सव डार्बिन २०२३’ भैरहेको छ । एनआरएनए अष्टेलियाको सिंग्नेचर कार्यक्रमका रुपमा आयोजित महोत्सबमा नेपाली समूदायका साथै अष्ट्रेलियन नागरिक समेतको बाक्लो उपस्थिति रहेको गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीका संयोजक बिष्णु चापागाईले जानकारि दिनुभएको हो ।

दिउँसो ३ बजेदेखि विभिन्न झाँकीसहितका कार्यक्रम, प्रदर्शनीसहित नेपाल महोत्सवको सुरुवात गरिएको छ । वान कन्ट्री मेनी स्टोरिज नारासहित आयोजना भएको महोत्सवमा पहिलो पटक नजिकबाट सर्बोच्च शिखर सगरमाथाको अवलोकन गर्न पाइएको छ । नेपाली धरहराको प्रतिमूर्ति, बौद्ध स्तुपा, नेपाल हाउस, बालबालिकाको लागि विभिन्न गतिविधि, नेपालीपन झल्किने ढुंगेधारा, नेपाली खानाका विभिन्न स्टलहरु मार्फत नेपाली पनको झल्को दिइएको छ ।

नेपाल हाउसमा नेपाली जाँतो, मोही पार्ने मदानी, आगो बालेर पकाउने नेपाली चुलो, नेपाली अन्य घरायसी सामगीहरु प्रयोगसहितका प्रदर्शनी गरिएका छन् । अष्ट्रेलियामा नेपाली भाषा, संस्कृतिको प्रबद्र्धन मात्र नभएर नेपाल भ्रमणका निम्ति अभिप्रेरित गर्ने उदेश्यले नेपालका विभिन्न पर्यटकीय स्थलहरुको प्रदर्शनीसँगै जानकारी समेत महोत्वमार्फत दिइदैछ ।

नेपाली समूदायसँगै नर्दन टेरेटोरी सरकार, डार्विन वाटरफ्रन्ट, नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी, डार्विन हर्टस फुटबल क्लब समेतको सहकार्यमा गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीले नेपालको आयोजनामा भएको फेष्टिभलको अन्त्य चर्चित गायक प्रकाश सपुतसँगै स्थानीय कलाकारको बेजोड सांगितिक प्रस्तुतीपछि राती ९ बजे हुनेछ । नेपाल महोत्सवमा १० औँ हजारले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6