Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsधरानमा कोकाहा खोलाको पानी, खुसी साट्ने उत्सवमा किन धुरुधुरु रोए मेयर हर्क साम्पाङ ?

धरानमा कोकाहा खोलाको पानी, खुसी साट्ने उत्सवमा किन धुरुधुरु रोए मेयर हर्क साम्पाङ ?


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरान बजारमा कोकाहा खोलाको पानी ल्याउन सफल हुनुभएको छ । कोकाहाको पानी धरानमा नखसालेसम्म धरान आउदिनँ भनेर तीन दिनदेखि फिल्डमै व्यस्त रहनुभएका मेयर साम्पाङ अन्ततः मंगलबार राती पानी ल्याउन सफल हुनुभएको हो ।

झन्डै ४० किलोमिटर दूरी पार गरेर कोकाहा खोलाको पानी गए राति माया धराने साबुन उद्योग निर्माणस्थल नजिक पकुवा खोलामा झारिएको उत्सबमा मेयर साम्पाङ खुसीले भावुक बन्दै रोएको दृश्यले धेरैलाई भावुक बनाएको छ । मेयर हर्क साम्पाङ गएको आइतवार रातिदेखि पटनाली क्षेत्रमै पाइप जोड्न र तान्नमै व्यस्त हुनुहुन्थ्यो । श्रमदान अभियानमार्फत पाँच इन्चे पाइपबाट कोकोहाको पानी ल्याउन सफल भएपछि भावुक भएर स्वदेश र विदेशका दाता, सङ्घ–संस्था, श्रम अभियानमा संलग्नहरूलाई मेयर साम्पाङले धन्यवाद दिनुभएको छ ।

कोकाहा खोलाको पानी ल्याउन सफल भएसँगै धरानका उपभोक्तालाई तत्कालका लागि राहत हुने विश्वास लिएएको छ । मेयर साम्पाङ नेपालका स्थानीय तहका यस्ता जनप्रतिनिधि हुन जसले श्रमदानमार्फत नेपालमा चाहेजस्तो पूर्वाधार विकास गर्न सकिन्छ । राज्यमा योगदान दिने भावना विकास गरेर देशमा विकास र सम्बृद्धी ल्याउन सकिन्छ भन्ने शन्देष काममार्फत बाँढिरहनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6