Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News‘वान एक्स बेट’ मा एकै व्यक्तिको ६४ करोड अवैध कारोबार, तीन जना परे प्रहरीको फन्दा !

‘वान एक्स बेट’ मा एकै व्यक्तिको ६४ करोड अवैध कारोबार, तीन जना परे प्रहरीको फन्दा !


काठमाडौं । नेपाल प्रहरीको अनुसन्धानले ‘वान एक्स बेट’ मार्फत् एकै व्यक्तिले ६४ करोड रुपैयाँको अवैध कारोबार गरेको फेला पारेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले कैलाली घर भइ चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोली सट्टेबाजको मुख्य एजेन्टकोरुपमा सक्रिय भएर यस्तो कारोबार गरेको पहिचान गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने े ‘वान एक्स बेट’ मार्फत सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको पाइएको जानकारी दिनुभयो । सट्टेबाजीको एजेन्टकारुपमा सक्रिय निज खड्कासँगै, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछानेलाई समेत पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाइएको उहाँले जानकारि दिनुभयो । सट्टेबाजमा यो गिरोहले ७४ करोड १३ लाख रुपैयाँ कारोबार गरेको पाइएको छ । आशिषले तीन करोड, दिपेशले पाँच करोड ५४ लाख रुपैयाँ कारोबार गरेको पाइएको छ । प्रहरी उपरीक्षक डा केसीले आशिषको साथबाट प्रहरीले ३७ लाख रुपैयाँ, ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको जानकारि दिनुभयो ।

क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले पक्राउ अभियुक्त उपर राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम मुद्दा अघि बढाउने तयारी गरेको अपराध महाशाखाले जानकारि दिएको छ । राष्ट्र बैंक र प्रहरीले बारम्बार क्रिप्टो, सट्टेबाज लगायतका कारोबार नेपालमा अबैध भएको भन्दै नगर्न,नगराउन सचेत गराएपनि अबैध कारोबारले निरन्तरता पाउदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6